होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथका २ सय ५० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
समाचार

जगन्नाथका २ सय ५० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

  • नागरिक रैबार
जगन्नाथका २ सय ५० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा १५ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सामाग्री सहयोग गरिएको छ ।

May be an image of 7 people, people standing and outerwear

प्रेमु पूर्ण प्रताप फाउण्डेसन दोलखाकी संरक्षक तथा सामाजिक अभियान्ता पद्मा प्रधानको सहयोगमा बाजुराको जगन्नाथ गाउँपालिकाका ५ वटा विद्यालयका २ सय ६० जना टुहुरा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

विज्ञापन

May be an image of 13 people, people standing and outerwear

बाजुराको जगन्नाथ गाउँपालिकाका सामाजिक अभियान्ता मनोज सिंहको समन्वयमा गाउँपालिकाका विद्यालयमा अध्ययनरत टुहुरा, असहाय, अतिगरिव परिवारका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

May be an image of 11 people, people standing and outerwear

जसमा जगन्नाथ गाउँपालिकाको वडा नं. ४ मा रहेको मालिका आधारभुत विद्यालयमा १ देखि ५ सम्मका ५० जना, बाल कल्याण आधारभुत विद्यालयका ३० जना, कैलाश मावि जगन्नाथ ३ महतिका ६० जना, जनउत्थान आधारभुत विद्यालय वडा नं. ५ का ५० जना र महादेव आधारभुत विद्यालय जगनाथ गाउँपालिका ३ मनिकाँडाका ६० जना विद्यार्थी गरी २ सय ६० जनालाई शैक्षिक सामाग्री स्वरुप झोला र स्टेशनरी सहयोग गरिएको अभियान्ता मनोज सिंहले बताएका छन् ।

May be an image of 23 people, people standing, outerwear and sky

May be an image of 17 people, people standing and sky

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार