होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब ओलीले राजनीतिक रुपमा सन्यास लिनुपर्छ – अध्यक्ष रावल
समाचार

अब ओलीले राजनीतिक रुपमा सन्यास लिनुपर्छ – अध्यक्ष रावल

  • नागरिक रैबार
अब ओलीले राजनीतिक रुपमा सन्यास लिनुपर्छ – अध्यक्ष रावल

नागरिक रैबार
फागुन १३ बाजुरा ।
नेपाल कम्युनिष्ट पाटी(नेकपा) प्रचण्ड-माधवपक्ष बाजुरा जिल्ला कमिटीका अध्यक्ष गगन रावलले प्रधानमन्त्री केपी ओलीले अब राजनीति रुपमा सन्यास लिनु पर्ने बताएका छन् ।

बुधबार संसद पुनःस्थापनाको खुशीयालीमा सदरमुकाम मार्तडीमा उठेको जुलुस कोणसभामा परिणत भई समापन पछि भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रावलले भने ओलीले कम्युनिष्ट आन्दोलनकै वेईज्जत गरेको र नेपाल कम्युनिष्ट पाटीको विधान, नीति, विधि विपरित कार्य गर्दागर्दै नैतिकहिन भएकाले अब उनले राजनितिक सन्यास लिनु बाहेकको विकल्प नरहेको बताए ।
जनताले नेकपालाई पाँच वर्षसम्म सरकार चलाउन दिएको भएपनि प्रधानमन्त्री ओलीले स्वईच्छाकारी ढंगले संसद विघटन गरी पार्टी र जनताको अभिमतको अपमान गरेकाले पार्टीको कुनै पदमा रहने अधिकार नभएको रावलले बताए ।
ओली पार्टीे पद्तीकोमात्र होईन् नेपाली जनताले रगतसित साँटेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रकै खिल्ली उडाए । नेपालको संविधाननै च्यातचुत पार्न खोजे । उहाँ यती अहम्कारी भएकी कुरै छाड्नुस् । नेपाल कम्युनिष्ट पार्टीमा आफू वाहेक कोही कसैलाई मान्छेनै होईनन भन ठान्नेसम्म पुगे । पार्टीको विधानमाथि आफूलाई राखेर हिड्न खोजेकाले उहाँलाई नेकपाको बहुमतको निणर्यले पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरिसकेकाले अब उनलाई कुनैपनि हालतमा पार्टीमा माफी हुन नसक्ने जिकिर गरेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष रावलले कुरा थप्दै ओलीले अगुवाई गरेकोे पार्टीको साना झुण्डनै समाप्त भएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रचण्ड-माधव समुहको स्पष्ट बहुमत भएकाले सोही नेतृत्वले गरेका निणर्य सबैले स्वीकार्दै यसैमा आउन आग्रह गरेका छन् । ओलीले पाँच वर्ष सम्म सरकार चलाउन नसकेर विघटन गरेपछि नेपालको स्थायी संयन्त्रले समेत उनको कुनैपनि कुरामा विश्वास गर्न छोडिसकेको बताए ।
आगामी दिनमा नेकपालाई सरकार बनाउनका लागि कुनै समस्या नआउने विश्वास व्यक्त गरेका छन् । ओलीले राजिनामा नदिए संसदमा अविश्वासको प्रस्ताव दर्ता गरी प्रधानमन्त्री पदबाट हटाउने अध्यक्ष रावलको भनाई रहेको छ ।
ओलीको असम्वैधानिक कदमका विरुद्ध प्रचण्ड-माधवद्धय अध्यक्ष र वरिष्ठ नेताहरु संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा आएर आन्दोलन गर्नु पर्दा जनताले देखाएको ताकतको निकै प्रशंसा गरे ।
सर्वोच्च अदालतका प्रधानन्याधिश चोलेन्द्र शमशेर जवरा र अन्य न्यायधिशले गरेको संसद विघटनको निणर्य रद्ध गर्दा स्वोच्चको गरिमा निकै बढेको अध्यक्ष रावलको भनाई रहेको छ । आगामी दिनमा देश निर्माणका लागि सबै राजनीतिक दलले एक ठाउँमा आउनु पर्नेमा जोड दिए छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैधानिकताका विषयमा निर्वाचन आयोगमा दुबै समुहको एक खालको आ-आफ्नै दाबी छ, मुद्धा छ त त्यसमा के हुन्छ अब ? नागरिक रैबारको प्रश्नमा जवाफ दिँदै रावलले भने देख्नु भएन- देशमा कानुनी शासन छ । हिजो के भयो ? सर्वोच्चले नेपाली जन्ताको न्यायका पक्षमा निणर्य गरेन ? गर्योनि हैनर । हो, निर्वाचन आयोगले पनि प्रचलित कानुन र विगतका नजिरहरुलाई हेरेर प्रचण्ड-माधवपक्षकै पोल्ठोमा पार्टी खन्याउँछ । त्यसमा त कुनै दुई मतै छन् । हेर्नुन-पार्टीको विधान हर्नुस्, राजनीतिक दल सम्बन्धि ऐन नियम हेर्नुस् । कही चुक्ने ठाउँनै छैनन् नि निर्वाचन आयोगलाई । सरासर हाम्रै पक्षमा निणर्य हुन्छ, ढुक्क हुनुस् उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधान विपरित र ओली पक्षमा लागेका नेताहरु भ्रममा रहेकाले सच्चिएर प्रचण्ड-माधवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आउने विश्वास गरेका छन् ।
अब प्रचण्ड-माधवद्धय अध्यक्षले पार्टीलाई अनिणर्यको बन्दी नबनाउने र पार्टीलाई केन्द्रदेखि जिल्ला, स्थानीय र गाउँस्तरसम्ममा चलायमान बनाउदै लैजानेमा पार्टी लाग्नेमा विश्वस्त रहेको अध्यक्ष रावल भने ।
प्रधानमन्त्री ओलीले रातारात गरेका असंवैधानिक नियुक्तीहरु समेत अदालतले बदर गर्नेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् । तिसबै कानुन विपरित भएकाले जतिपनि संवैधानिक आयोगमा नियुक्त गरिएका छन्,ति सबै खारेज हुने बताएका छन् ।
संसद पुनःस्थापना पछि केन्द्रीय निर्देशन अनुसार आन्दोलनका कार्यक्रम तत्काल स्थगित भएको अध्यक्ष रावलले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष रावलले फागुन २२ गते नेकपा प्रचण्ड-माधव समुहको बैठक बस्ने भएको छ । बैठकले जिल्लामा हुने पाटीका गतिविधीहरु र पाटीले जिल्लादेखि स्थानीयस्तरसम्म पार्टी चलायमान बनाउने गरी संगठन विस्तारका कार्य गरिने भएको जानकारी गराएका छन् ।
प्रचण्ड-माधव समुहका अध्यक्ष गगन रावलको अध्यक्षतामा संचालन भएको पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कमलकुमारी शाह, युवा नेता महेश शाही, जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर वि.क सदस्य किट्टो ल्वार, गोरख शार्की , जानकी रोकाया, कासी नेपाली, बडीमालिका नगर कमिटी सचिव चन्द्रबहादुर थापा, सचिवालय सदस्य द्धीर्घराज पाध्याय, ओमप्रकास वि.कलगाएत सहभागी थिए । जिल्ला कमिटी सदस्य गोरख सार्कीले संचालन गरेको पत्रकार सम्मेलन मार्तडीमा रहेको डिआर मष्ट होटलमा भएको थियाे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार