होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा ६ नम्वर वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न भएको हो । […]
नागरिक रैबार/बाजुरा ३० जेठ।बाजुराको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय ८२ जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा २ सय ८२ जनाले रोजगार प्रदान गरेको बडीमालिकाका रोजगार संयोजक प्रमिला थापाले बताएकी छन् । नगरपालिका भित्रका बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने गरी आएको बजेटबाट नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा २९ जेठ।मार्तडीमा परम्परागत दन र गलैंचा उत्पादन सम्वन्धि ९० दिने तालिमको समापन गरिएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको साझेदारी र नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिम आज सम्पन्न गरिएको हो । ९० दिने उक्त तालिमको आज बडीमालिका […]
राजेन्द्र रोकाया/बाजुरा २९ जेठ। सन नेपाल लाईफ इन्स्योरेन्स बाजुरा उप-शाखाले मृत्यु दावि भुक्तानी वापत ८ लाख ८८ हजार ९ सय २७ को चेक हस्तान्तरण गरेको छ । विमित मेल्लेख गाउँपालिका वडा नं. २ निवासी केशर बहादुर बुढा, बुढीनन्दा नगरपालिका १० निवासी लालचन्द्र राेकाया र गाैमुल गाउँपालिका २ निवासी रामबहादुर बाेहराकाे निधनपछि मृत्यु दावि भुक्तानी गरिएको […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ७ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याइएको छ । स्वास्थ्य क्षेत्रबाट टाढा रहेको बडिमालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गरेको हो । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कार्यलाई अगाडि बढाएको […]
नागरिक रैबार/बाजुरा २७ जेठ।बडीमालिका नगरपालिका वडा नम्वर ८ स्थित डुंग्री-खलाडिल क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिने भएको छ । डुंग्री-खलाडिल क्षेत्रको करिव ७ हेक्टर क्षेत्रफलमा गएको एक वर्षदेखि आलु खेति गरिदै आएको छ । बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र र कृषि विकास शाखाको सहयोगमा उपरकोट महिला कृषक समूहले डुंग्री खलाडिलमा आलु बालि उत्पादन गर्ने […]
नागरिक रैबार/बाजुरा २७ जेठ।व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा सम्पन्न भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरु संग अभिमुखीकरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार बडीमालिका नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २० जेठ।बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ७ ढम्कनेका ४२ वर्षका देब बहादुर धामी रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । उनका अनुसार धामी शनिवार विहान घरबाट गाईबस्तुका लागि कालाजग्रा ठाम्रा सामुदायिक बनमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । मृतक धामीको […]
नागरिक रैबार बाजुरा १७ जेठ नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहलको पुतला जलाएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भाेटे र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मिलनजंग अयडीकाे नेतृत्वमा युवा र विद्यार्थीहरूले सदरमुकाममा आज राष्ट्रपति पाैडेल र […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
नागरिक रैबार/बाजुरा १५ जेठ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ रावलवाडाका ५५ वर्षका परे रावल एक हप्ता देखि सम्पर्क विहिन बनेका छन् । परिवारका अनुसार रावल यही जेठ ७ गते आईतबार विहान ६ बजे आफ्नै घरबाट हिँडेको र एकहप्तासम्म घरको सम्पर्कमा नआएको उनका छोरा विरेन्द्र रावलले बताएका छन् । सम्पर्क विहिन बनेका परे रावलको माथि कालो […]
नागरिक रैबार/बाजुरा १४ जेठ।जिल्ला अस्पताल बाजुराले जटिल प्रकारका हार्डजोर्नी सम्वन्धि समस्या भएका विरामीहरुको जिल्लामै सफल सल्यक्रिया गर्न थालेको छ । जिल्ला अस्पताल बाजुराले बिगत ३ महिना देखि हाडजोर्नी तथा नसारोग बिषशेज्ञ डाक्टर रोशन भट्टराईलाई नियुक्त गरेर उक्त समस्या भएका विरामीहरको सफल सल्यक्रिया गर्न थालेको हो । जिल्ला अस्पताल बाजुरामा हाडजोर्नि तथा नसारोग विशेषज्ञ डाक्टर भट्टराईलाई […]
नागरिक रैबार/बाजुरा १२ जेठ।बाजुराको बडीमालिका नगरपालिका २ को भौनेरा, ९ को अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएका छन् । सडक निर्माण भएर यातायात संचालनमा आएका भएपनि वर्षातको समयमा यी खोलाहरुमा पक्की पुल नहुँदा यातायात सेवा बन्द हुने गरेको थियो । यी ३ वटै खोलामा बेलिब्रिज निर्माण हुने भएपछि सदरमुकाम मार्तडीसम्म […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले केही दिन अगाडि आफु र नगरपालिकालाई जाेडेर सामाजिक संजालमा आर्थिक चलखेल गरेकाे पत्र निराधार भएको बताएका छन् । सोमबार बडिमालिका नगरपालिकाले गरेकाे पत्रकार सम्मेलनमा नगर प्रमुख खड्काले यस्तो बताएका हुन । नगर प्रमुख खड्काले भने सामाजिक सञ्जालमा फैलाइएको कपोकल्पित भ्रमका पछाडी नलाग्न नगरबासीलाई आग्रह गरेका छन् […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ९ मा स्थापना भएको समाज सुधार युवा क्लवले पुस्तकालय संचालनमा ल्याएको छ । समाज सेवा र सामाजिक रुपान्तरणमा लागि परेको क्लबले युवा पुस्ताको ज्ञान सीप र क्षमता विकासमा योगदान गर्न पुस्तकालय सञ्चालन गरेको क्लवका अध्यक्ष प्रेम नेपालीले बताएका छन् । क्लबकै स्वामित्व रहने गरी पुस्तकालय स्थापना गरिएको हाे […]
नागरिक रैबार। बडीमालिका नगरपालिका ७ ले सेवा क्षेत्र भित्रका स्थानीय कृषि उत्पादन तथा हस्तकलाको प्रर्दशनी गरेको छ । वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको एक कार्यक्रमको आयोजना गरेर प्रर्दशनी गरेको हो । स्थानीय रैथाने बालिको प्रर्वद्धन गरि उत्पादन बढाऔ, पौष्टिक आहार खाउँ र रैथाने बाली क्षेत्र विस्तार गरि आम्दानी बढाऔ […]
नागरिक रैबार/बाजुरा १८ बैशाख।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले राष्ट्रिय परिचय पत्र दर्ता अभियान संचालन गर्ने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पन्जीकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा उक्त अभियान ९ नम्वर वडा कार्यालयले बैशाख १९ देखि २९ संचालन गर्न लागेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । राष्ट्रिय परिचय […]
नागरिक रैबार/बाजुरा ९ बैशाख।नेपाल कम्युनिष्ट पार्टीको ७५ औ स्थापना दिवसको अवसरमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचाररत रहेका विरामीलाई फलफुल वितरण गरेको छ । स्थापना दिवसको अवसरमा आज जिल्ला अस्पतालमा उपचाररत रहेका बिरामीहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । सर्वहारा गरिब […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग अन्तरगतको बल्दे-दवारीको बैकल्पिक सडकको निर्माण कार्य पुरा भएको छ । विगत पाँच वर्ष देखि वर्षातका ५ महिना बल्दे-दवारीको १ किलोमिटर सडकमा खसेको पहिरोका कारण बन्द हुँदै आएको उक्त स्थानमा बैकल्पिक सडक निर्माणको काम पुरा भएपछि यस वर्ष वर्षातमा समेत सदरमुकाम मार्तडीसम्म नियमित यातायात सेवा संचालन […]
नागरिक रैबार बाजुरा २७ चैत। बाजुरामा एकल लाेक गायन प्रतियोगिता संचालन हुने भएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला शाखा बाजुराकाे आयाेजना र सामाजिक विकास कार्यालयकाे आर्थिक सहयाेगमा उक्त प्रतियाेगिता संचालन हुन लागेकाे हाे । सदरमुकाम मार्तडीमा आयाेजना हुन लागेकाे कार्यक्रममा जिल्ला भित्रका प्रतिभाहरूलाई एकल गायन प्रतियाेगितामा सहभागी गराईने आयाेजक लाेक तथा […]