होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
Advertisement area
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुरा जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवस नमनाउने भएका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज सयुक्त विज्ञप्ति जारी गर्दै भदौ २२ गते हुने निजामती सेवा दिवस नमनाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस अघि नै पत्राचार गरेको थियो ।
निजामती सेवा दिवस मनाउने बारे स्थानीय तहलाई प्राप्त पत्रपछि स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा तथा वृतिविकासको सुनिस्चित नभएको र प्रस्तावित निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीहरुलाई निजामती सेवाको परिभाषामा नसमेटिएको अवस्थामा कर्मचारीहरु विच विभेद भएको हुँदा निजामती सेवा दिवस नमनाउने कर्मचारीहरुले बताएका छन् ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले जारी गरेको सयुक्त विज्ञप्ति अुनसार कर्मचारीहरुले भदौ २२ गते मनाउन लागिएको निजामती सेवा दिवसका दिन विरोध स्वरुप कालोपट्टी बाँधी विरोध जनाउने र स्थानीय कर्मचारीहरुको सेवा सुविधा सम्वन्धि व्यवस्था नभएसम्म निजामित सेवा दिवस नमनाउने निणर्य गरेको बडीमालिका नगरपालिकाका शिक्षा शाखा अधिकृत रंगमल विकले बताएका छन् ।
कर्मचारीहरुले सयुक्त जारी गरिएको विज्ञप्तिमा संघीय निजामती सेवा ऐन नभई एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई दोहोरो सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय प्रणालीका आधारमा हुनुपर्ने, अन्तरप्रदेश तह अन्तरप्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा सुविधा र वृतिविकासमा सवैलाई समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाकै हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको पूणर् सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगायतका माग राखेका छन् ।
कर्मचारीहरुले सयुक्त जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेका मागहरु सम्बोधन नभए राज्यको आधारका रुपमा रहेको स्थानीय तहमा कामकाज र सेवा प्रवाह ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइदै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु