होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका ८ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न
समाज

बडीमालिका ८ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
बडीमालिका ८ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

नागरिक रैबार/बाजुरा ३१ साउन।बडीमालिका नगरपालिका वडा नम्वर ८ ले २०७९/८० मा वडामा संचालन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी, योजना निर्माण र लगानीको अवस्था बारे वार्षिक समिक्षा गरेको हो ।बुधबार वडास्तरका जनप्रतिनिधी स्थानीय, सरोकारवाला निकाय र राजनितिक दल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

वडाले आर्थिक बर्ष २०७९/८० मा संचालन गरेका कार्यक्रमको बारेमा जानकारी गराएको थियो । वडा कार्यालयले दिने सेवाहरु थप सुदृढ गर्दै लैजाने र कार्यक्रममा उपस्थित स्थानीयका गुनासाहरुलाई आगामी वर्षको कार्यक्रममा समेटेर वडा अध्यक्ष चन्द्र बहादुर थापाले बताएका छन् ।

विज्ञापन

वडा सचिव गोरखबहादुर रावलले संचालन गरेको कार्यक्रममा प्रमुख बक्ता वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए ।कार्यक्रममा कृषि, सडक, खानेपानी सरसफाई लगायतका बिषयमा सहभागि स्थानीयहरुले प्रश्न उठाएका थिए । नागरिकले दिएका प्रश्नहरुको जवाफ दिदै वडा अध्यक्ष थापाले यस पछिका दिनहरुमा वडाको विकासका लागि सुधार गर्दै लैजाने प्रतिबद्धता जनाएका छन ।

वडा अध्यक्ष चन्द्र बहादुर थापाको अध्यक्षतामा आयोजना गरिएको वडाको वार्षिक प्रगति समिक्षा कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन बहादुर रावल, विशिष्ट अतिथिमा नेपाली काँग्रेसका तर्फबाट प्रदेश निर्वाचन क्षेत्र (ख) का सहसचिव महेन्द्र रावल लगायत ६० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार