होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान बाजुराका ५ कमान्डबाट एकसाथ शुरु
समाचार

जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान बाजुराका ५ कमान्डबाट एकसाथ शुरु

  • नागरिक रैबार
जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान बाजुराका ५ कमान्डबाट एकसाथ शुरु

राजेन्द्र विक बाजुरा,१७ भदौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण  अभियान आज बाजुराका ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ।
घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान बाजुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो १:०० बजे बाट एकसाथ शुरु भएको माओवादी केन्द्रकि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकी मल्लले बताउनु भयो।
अभियानलाइ प्रभावकारी बनाउन जिल्लाका स्वामिकार्तिक र जगन्नाथ कमान्ड नम्बर एक बुढिनन्दा नगरपालिका र हिमाली गाउँपालिका कमान्ड नम्बर २बडिमालिका नगरपालिका र गौमुल गाउँपालिका कमान्ड नम्बर ३ त्रिवेणि नगरपालिका कमान्ड नम्बर ४ तथा बुढिगंगा नगरपालिका  र खप्तड छेडेदह गाउँपालिका कमान्ड नम्बर ५मा बिभाजित गरिएको इन्चार्ज मल्लले बताउनु भयो ।
साउन १७ देखि २१ गते सम्म बसेको  माओवादी केन्द्र केन्द्रिय समिती बैठकको निर्णय बमोजिम बाजुरामा पनि जनता संग माओवादी विशेष  अभियान  जिल्लाका ५ ओटै कमान्ड एकसाथ  शुरु गरिएको हो।
अभियान प्रभावकारी बनाउन जिल्लाका ५ ओटै कमान्डको नेतृत्व पार्टिका केन्द्रिय सदस्यहरुलाइ  दिइएको छ।
माओवादी केन्द्रलाई जनता संग जोड्ने र कार्यकर्तामा उर्जा सहितको रक्तसञ्चार सिर्जना गर्न पार्टी नेता स्थानिय जनताको घरदैलोमा जाने र प्रचण्ड सरकारले पछिल्लो समय शुसासन र समृद्धिका पक्षमा गरेका ऐतिहासिक  एवम् लोकप्रिय कार्य जनतालाई सुसूचित गर्ने तथा संगठन निर्माणलाई रफ्तारमा अगाडि बढाउने उदेश्यले जनता संग माओवादी विशेष अभियान संचालन गरिएको माओवादिले जनाएको छ।
बडिमालिका नगरपालिका र गौमुल गाउँपालिका कमान्ड नम्बर ३ को अभियान उद्घाटन कार्यक्रममा बोल्दै माओवादी केन्द्र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज देवकि मल्लले बाजुरामा संगठन निर्माण गाह्रो नभएकाले आ-आफ्नो क्षेत्रमा खटिएर अभियान सफल पार्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
सिंगो देश अहिले माओवादीको एजेन्डामा चलिरहेकोले जनताको जिवनमा समृद्धि पनि माओवादिलेनै ल्याउने हुंदा निरास  नहुन कार्यकर्तालाई मल्लले  आग्रह गर्नुभएको छ।
आज बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल  प्रचण्डद्वारा भर्चुअल माध्यम बाट देशभर एकै साथ जनता संग माओवादी विशेष रुपान्तरण अभियान उद्घाटन गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार