होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी-गाैमुल सडक अवरुद्ध, आवतजावतमा समस्या
समाचार

मार्तडी-गाैमुल सडक अवरुद्ध, आवतजावतमा समस्या

  • नागरिक रैबार
मार्तडी-गाैमुल सडक अवरुद्ध, आवतजावतमा समस्या

नागरिक रैबार/बाजुरा १५ साउन। मार्तडी-गौमुल घटमुना सडक अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षासंगै सडकमाथिबाट पहिरो गएपछि मार्तडी-गौमुल सडक अवरुद्ध भएको हो । करिव १४ किलोमिटर रहेको उक्त सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

बडीमालिका नगरपालिका-९ को ठुलीसाँगु, मेलकाँध, २ को थलारा, मैमातोला नजिकै सडकमा पहिरो खसेर भत्काएपछि सडक अवरुद्ध भएको गौमुल गाउँपालिकाले जनाएको छ । सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका जाने र सदरमुकाममा आवतजावत गर्ने स्थानीयलाई समस्या भएको छ ।

सडक अवरुद्ध भएपछि खाद्यान्न सामाग्रीहरु खच्चड मार्फत ढुवानी भईरहेको छ । छ भने सवारी साधानहरु विच बाटोमै ठप्प भएका छन् । अघिल्लो वर्ष बुढीगंगामा आएको बाढी पहिरोले तलबाट सडक कटान गरेपछि गाउँपालिकाकले पटक पटक उक्त समस्या झेल्नु परेको हो । अवरुद्ध सडक सूचारु गर्नका लागि सम्वन्धित निकायले चासो नदिदा सामान ढुवानी तथा बिरामीलाइ आवात जावत गर्न समस्या भएको छ ।

विज्ञापन

मार्तडी-गौमुल सडक अवरुद्ध बनेपछि पालिकामा खाद्यान्न अभाव हुन संकेत एकातिर छ भने अर्कोतिर विरामीलाई सास्ती हुने भएको छ । गौमुलबाट रिफर गरेका विरामीहरुलाई समेत सडक अवरुद्ध भएपछि समस्या भएको स्थानीयले बताएका छन् । सम्बन्धित निकायले अवरुद्ध सडक खोल्न पहल गर्नु पर्ने स्थानीयले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार