होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मार्तडीमा अवदेखि महिनाको १ र १५ गते लाईभ देउडा हुने
समाज

मार्तडीमा अवदेखि महिनाको १ र १५ गते लाईभ देउडा हुने

  • नागरिक रैबार
मार्तडीमा अवदेखि महिनाको १ र १५ गते लाईभ देउडा हुने
file photo

नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको सदरमुकाम मार्तडीमा अवदेखि प्रत्येक महिनाको १ र १५ गते पुरुष र महिलाविच देउडा खेल संचालन हुने भएको छ ।सुदूर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा बाजुराको कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले महिनाको १ र १५ गते लाईभ देउडा संचालन गरिने भएको हो ।

लाईभ देउडाको पहिलो दिन हिजो साउन १५ गते चर्चित युवा देउडा खेलाडी शंकर मल्ल ठकुरी र सुना विक विच घम्साघम्सी देउडा भएको थियो ।

प्रतिष्ठानले बाजुरामा देउडाकै जगेर्ना गर्नका लागि महिनाको २ दिन खुला देउडा खेलको आयोजना गर्ने अध्यक्ष हर्कबहादुर खडकायले बताएका छन् । देउडा सँस्कृति लोभ हुदै गयो, गाउने भएर पनि सम्मान र संरक्षण गर्न सकिएको छैन्, त्यसैले महिनाको १ गते र १५ गते अनिवार्य लाइभ देउडा खेल आयोजना गर्न लागिएको अध्यक्ष खडायतले बताए ।

विज्ञापन

सुदूर साहित्य प्रतिष्ठानको प्रस्तुती लाइभ देउडा गौड्या भेट कार्यक्रमको नाम राखिएको छ । कार्यक्रम संयोजनको जिम्मा देउडा खेलाडी शंकर मल्ललाई दिएको प्रतिष्ठानले जनाएको छ । देउडा पछिल्लो समयमा विस्तारै लोभ हुने अवस्था आएपछि त्यसकै संरक्षणका लागि प्रतिष्ठानले लाइभ देउडालाई निरन्तरता दिन लागेको प्रतिष्ठानका सचिव कृष्ण ओलीले बताएका छन् ।

प्रतिष्ठनले बाजुरामा देउडा प्रतियोगिता, महोत्सव र अन्य साहित्यीक र साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । जिल्लाका सबै टोल र बस्तीमा पुग्ने, सबै टोल बस्ती र गाउँका देउडा भाकालाई समेट्ने र त्यसको दृश्य सामाजिक सञ्जालमा लाइभ गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।

बाजुराले आफ्नो सम्पत्तिका रुपमा देउडा सँस्कृतिको विकास र संरक्षण आवश्यक देखिन्छ । कला साहित्य क्षेत्रको संरक्षणमा लागिहरु बाहेक स्थानीय पालिकाका तर्फबाट कुनै पहल र लगानी गरिएको छैन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार