होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • माओवादी केन्द्र बडीमालिकाद्धारा नगरपालिकालाई ध्यानाकर्षण
समाज

माओवादी केन्द्र बडीमालिकाद्धारा नगरपालिकालाई ध्यानाकर्षण

  • नागरिक रैबार
माओवादी केन्द्र बडीमालिकाद्धारा नगरपालिकालाई ध्यानाकर्षण

नागरिक रैबार/बाजुरा ३२ साउन।नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले बडीमालिका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले विभिन्न ८ बुँदे माग सहित नगरपालिकाको ध्यानाकर्षण गारएको हो ।

बुधबार माओवादी केन्द्र बडीमालिका नगर कमिटी र विद्यार्थी संगठनले नगरपालिकाको सयुक्त ध्यानाकर्षण गराएका हुन् ।बडीमालिका नगरपालिका जनताको जनजिविकाका सवालमा बेखबर बनेको भन्दैै नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले आज नगरपालिकामै पुगेर पालिकाको ध्यानाकर्षण गराएको हो ।

देशव्यापी रुपमा फैलिएको लम्की स्कीन रोग नियन्त्रणमा नगरपालिकाले चासो नदेखाएकोले तत्काल उपचारमा ध्यान दिई नियन्त्रण गर्नुपर्ने, सदरमुकाम मार्तडीमा स्थायी पक्की सडक भएपनि गार्डी पार्किनका लागि बसपार्क नभएकाले दुर्घटना हुने जोखिम रहेकाले बसपार्क निर्माण गर्नुपर्ने, नगरपालिका भित्रका रिक्त रहेका विद्यालयमा नगर स्वयंसेवक शिक्षकहरुको पद्पुर्ती गर्नुपर्ने ध्यानाकर्षण पत्र बुझाउँदै माग राखेको छ ।

विज्ञापन

यस्तै वर्षातका कारण अवरुद्ध सडकहरु सञ्चालन र सडकहरूको स्तरउन्नतिका लागि पहल कदमी गर्नुपर्ने, सदरमुकाम भित्रै समय समयमा खानेपानिको समस्या हटाउन पहल गर्नुका साथै वर्षातका कारण अवरुद्ध भएका खानेपानीका मुहानहरु तत्काल निर्माण गर्नुपर्ने, मार्तडी बजार क्षेत्रका सडकमा अव्यवस्थित ढङ्गले राखिएका बंगुर फर्महरु र पोल्ट्री फर्महरुका कारण वातावरणीय असर परेकाले तत्काल हताउनुपर्ने, सार्वजनिक सौचालय निर्माण गर्नुपर्ने, दैनिक उपभोग्य मुल्यमा व्यापारीहरुले बढाएको मुल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने मागहरु नगर कमिटी द्वारा जारी गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख छन् ।

नेकपा माओवादी प्रदेश कमिटी सदस्य तथा बडीमालिका नगर इन्चार्ज मान बहादुर विक , बडीमालिका नगर कमिटी सचिव प्रेम बहादुर धामी, अखिल क्रान्तिकारी जिल्ला कमिटी अध्यक्ष खेमराज साँउदद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र नगर उपप्रमुख नन्दा थापालाई कार्यालयमै पुगेर बुझाएका हुन् ।

यता नगर उपप्रमुख नन्दा थापाले ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरूलाई सम्बोधन गर्ने आश्वासन दिएकी छन् । ध्यानाकर्षण पत्र मार्फत दिइएका सुझावहरुलाई नगरपालिकाले सहजै ग्रहण गर्ने र समाधानका लागि क्रमस कामहरु अगाडि बढाउने योजना नगरपालिकाको रहेको उपप्रमुख थापाले बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार