होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुरामा राष्ट्रिय युवा संघ नेपालको कार्यालय स्थापना
समाज

बाजुरामा राष्ट्रिय युवा संघ नेपालको कार्यालय स्थापना

  • नागरिक रैबार
बाजुरामा राष्ट्रिय युवा संघ नेपालको कार्यालय स्थापना

नागरिक रैबार/बाजुरा १७ साउन।राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा बुधबारदेखि आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।

सदरमुकाम मार्तडीस्थित नेकपा एमाले जिल्ला कमिटी बाजुराको पार्टी कार्यालयको एक कोठामा आफ्नो सम्पर्क कार्यालय रहने गरी कार्यालय स्थापना गरिएको सचिव विष्न कार्कीले बताएका छन् ।

कार्यालयको एक औपचारिक कार्यक्रमका विच नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावलले रिवन काटेर उद्धघाटन् गरेका छन् ।

विज्ञापन

उद्धघाटन् कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश कमिटी सचिवालय सदस्य रावलले नेकपा एमालेका हरेक गतिविधिमा युवाको महत्वपूर्ण भुमिका हुने भएकोले पार्टीको हित हुने काममा कटिवद्ध लाग्न युवाहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा विशिष्ट अतिथि रहेका एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले युवाहरुलाई संचार र प्रविधिमा युवाको भुमिका विषयमा प्रशिक्षण समेत दिएका थिए । उनले पार्टीले दिएको पद र जिम्मेवारी अनुसार पार्टीका काममा खटिन युवा संघमा आवद्ध युवाहरुलाई आग्रह गरेका थिए ।

May be an image of 5 people and people studying

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका अध्यक्ष मिलनजंग अयडीको अध्यक्षतामा आयोजना गरिएको उक्त कार्यक्रममा एमाले प्रदेश सचिवालय सदस्य रावलले यस अघि बसेको युवा संघको बैठकबाट जिम्मेवारी प्रदान गरेका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधिहरुलाई सपथ ग्रहण समेत गराएका थिए ।

कार्यक्रममा प्रेस चौतारी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली, सचिवालय सदस्य पदमबहादुर सिंह, जिल्ला अध्यक्ष मदन विक, अनेरास्ववियु बाजुरा अध्यक्ष दिलबहादुर थापा भोटे लगायत युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार