होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ का २ विद्यालयमा दिवाखाजा स्थानीय परिकार खुवाईने
समाचार

बडीमालिका ९ का २ विद्यालयमा दिवाखाजा स्थानीय परिकार खुवाईने

  • नागरिक रैबार
बडीमालिका ९ का २ विद्यालयमा दिवाखाजा स्थानीय परिकार खुवाईने

नागरिक रैबार/बाजुरा ९ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ भित्र रहेका २ ओटा आधारभुत विद्यालयमा अध्ययनरत साना बालवालिकालाई दिवाखाजाको रुपमा स्थानीय कृषकले उत्पादन गरेको परिकार खुवाईने भएको छ ।

वडा नं ९ भित्र रहेका २ वटा मष्टेश्वरी आधारभुत विद्यालय चौराटा र दवारीका आधारभुत विद्यालयमा अध्ययनरत साना बालबालिकालाई दिवाखाजाका रुपमा अवदेखि वडाभित्रै स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी खुवाईने वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

दिवाखाजामा बाहिरबाट आएको तरकारीलाई पूर्ण रुपमा बिस्थापित गरेर अवदेखि स्थानीय कृषकको उत्पादनलाई नै प्रयाेग गरेर दिवाखाजाका रुपमा बालवालिकालाई खुवाईने वडा अध्यक्ष विकले बताएका हुन् ।

विज्ञापन

९ नम्वर वडाका वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा आज वडा कार्यालयमा आयोजना गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बडिमालिका नगर उपप्रमुख नन्दा थापाको प्रमुख अतिथि नन्दा थापा, wfp का दान ब साँउद, गिफ्ट बाजुराका पारस रोकाया, बडीमालिकाको कृषि शाखाका प्राविधिक रमेश बिक, नवराज पडिण्त, मष्टेश्वरी आधारभुत विद्यालयका प्रधानाध्यापक भक्त विष्ट र द्वारिका आधारभुत विद्यालयका प्रधानाध्यापक अम्मर विक, टोल विकास संस्थाका प्रतिनिधि र कृषक समूहहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार