होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ पुस।बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको […]
नागरिक रैबार/बाजुरा ९ पुस ।बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खप्तड छेडेदह गाउँपालिकाको आयोजना र खापरदेवस्थली माविको सह- आयोजनामा राष्ट्रपति रनिङ […]
काठमाडौं महानगरपालिकाले बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । पालिकाका तर्फबाट गरिएको मागलाई संवोधन गर्ने गरि महानगरले एम्बुलेन्स सहयोग गर्ने लिखित पत्र समेत पठाएको छ । खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
नागरिक रैबार/बाजुरा २१ मंसिर ।ग्रिन तारा नेपालले बाजुराका पत्रकारहरु संग समिक्षा बैठक सम्पन गरेको छ । संस्थाले संचालन गरेका कामको प्रगती विवरण बारे पत्रकारसंग समिक्षा बैठक सम्पन्न गरेको हो । संस्थाले जिल्लाको खप्तड छेडेदह गाँउपालिकाका १-७ सम्मका सबै वडामा स्वास्थ्य सम्वन्धि काम गर्दै आईरहेको ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कविता कुमारी थापाले बताएकी छन् । […]
नागरिक रैबार/बाजुरा २२ कार्तिक।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराले भुकुम्प पीडित १ सय २५ जनाको अस्थायी आवास (घर) निर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । गत असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकुम्पका कारण बाजुरामा करिव १४ सय बढी घर पूर्ण रुपमा क्षतिग्रस्त बनेका थिए । भूकम्पका कारण सवैभन्दा बढी बुढीगंगा, त्रिवेणी […]
नागरिक रैबार/बाजुरा २१ कार्तिक।मार्तडीमा भुकम्प प्रतिकार्य कार्यक्रमको अभिमुखिकरण कार्यशाला गोष्टी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम मार्तडी सम्पन्न भएको हो । असोज १६ गते बझाङ जिल्लालाई केन्द्र विन्दु बनाएर गएको भुकम्पबाट बाजुराका बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिकामा पीडित बनेका ३ सय परिवारको व्यवस्थापनका लागि नगद […]
नागरिक रैबार।बाजुरा १७ कार्तिक। छेडेदह स्पाेट्रस क्लवले अर्काे वर्ष- २०८० मा प्रथम छेडेदह गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे छ । पाचौं छेडेदह कप फुटबल प्रतियोगिताकाे आज समापन गर्दै क्लवले अर्काे वर्ष सर्वाधिक धनराशीकाे पुरस्कार राखेर गाेल्ड कपकाे आयाेजना गर्ने घाेषणा गरेकाे हाे । दशै तिहारकाे विचमा दशरथ माविकै खेलमैदानमा गाेल्ड कपकाे आयाेजना गर्ने क्लवले […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।बाजुरामा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी एफसिले जितेकाे छ । सेमिफाईनल खेलबाट आयोजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिले पाँचौ छेडेदह कपको उपाधि जितेको हो । हिजो भएको सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचको खेल विवादित बनेपछि आयोजकलाई हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिलाई आयोजकले स्वतः प्रतियोगिताको […]
नागरिक रैबार/बाजुरा १५ कार्तिक। बाजुराकाे खप्तड छेडेदहमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे क्वाटरफाइनलका खेलहरू आजबाट सकिएका छन्। आज भएकाे क्वाटरफाइनलका खेलमा सहभागि ८ मध्येबाट ४ वटा टिमले सेमिफाइनलकाे यात्रा तय गरेका छन् । भने ४ वटा टिम खेलबाट बाहिरिएका छन् । सेमिफाइनल खेलका लागि आयाेजक, त्रिवेणी, रानिवन र कन्सन बाजुरा विच खेल हुनेछ । […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। खप्तड छेडेदह गाउँपालिकाकाे दशरथ माविकाे खेलमैदानमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे लिग चरणका खेलहरू आजबाट सकिएका छन् । आज चाैथाे दिनसम्म संचालन भएका लिग चरणका खेलहरू मध्येबाट ८ वटा टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । जसमा त्रिवेणी नगरपालिका, 3X युनाइटेड, विएसवाईसि, रानिवन, स्पाेर्टस्, आयाेजक, कन्सन, टिम बडालेख र गाैमुल स्पाेर्टस् […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। जिल्लाको खप्तड छेडे्दह गाउँपालिका-७ मा असिना पानीबाट पिडित बनेका कृषकहरुलाई गहुँको बीउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र वडा कार्यालयको पहलमा पिडित कृषक परिवारहरुलाई गहुँको बीउ वितरण गरिएको हो । गत बैसाख २८ गते परेको असिनापानीले खप्तड क्षेडेदह-७ का कृषकहरुको पाक्न लागेको गहुँ बालीमा क्षेति गरेको थियो […]
नागरिक रैबार/बाजुरा ११ कार्तिक।पाँचौ क्षेडेदह कप फुटवल प्रतियोगिता आजबाट दशरथ माविको खेलमैदानमा सूरु भएको छ । छेडेदह स्पोट्र्स क्लवको आयोजना र खप्तड क्षेडेदह गाउँपालिकाको सहयोगमा सर्वाधिक धनराशी पुरस्कार रहेको उक्त प्रतियोगिता आजबाट सूरु भएको हो । शनिबार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले खेलका मुख्य रेफ्री खुम ओलीलाई फुटवल हस्तान्त्रण गरेर […]
नागरिक रैबार/बाजुरा ११ कार्तिक। पाँचौ क्षेडेदह कप आजबाट सूरु हुने भएको छ । छेडेदह स्पोर्टस क्लबको आयोजनामा सर्वाधिक धनराशी रहेको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट सुरु हुने भएको हो । विगत ५ वर्षदेखि दशैं तिहार लाई लक्षित आर्टिचौरगरेर आयोजना हुँदै आएको प्रतियोगीताको सम्पूर्ण तयारी तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । प्रतियोगिताको आज एक […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक।पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार राष्ट्रिय युवा संघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् । क्षेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा […]
नागरिक रैबार/बाजुरा १७ असोज।बझाङ जिल्लालाई केन्द्र विन्द बनाएर गएको भुकुम्पका परि घाइते भएका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ४ खाती गाउँका दिर्घ धामीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भईहरहेको छ । बाजुराका २० वर्षिया धामी कामको सिलसिलामा बझाङ रहेका बेला पहाडको थुम्को भत्केर खुट्टामा गम्भिर चोट लागि घाइते भएका थिए । घाईते धामीलाई जिल्ला अस्पताल […]
राजेन्द्र विक बाजुरा,२०भदौ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख रावतले एक जना स्थानियलाइ निर्घात कुटपिट गरेका छन । सोही वडाका स्थानिय नरबहादुर बुढालाई वडा अध्यक्ष रावतले मंगलबार दिउसो मदिरा सेवन गरी निर्घात कुटपिट गरेका हुन । वडा अध्यक्ष बिर्ख रावत सहित उनका कार्यक्रता हरुको समूहले मदिरा सेवन गरी मंगलबार […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका ४ वटा वडा सचिव विहिन बनेका छन् । ७ वटा वडा रहेको खप्तड क्षेडेदहमा ४ वटा वडा सचिव बिहिन बनेका हुन् । २, ३, ४ र ७ नम्वर वडामा वडा सचिव नहुँदा स्थानीयहरु अहिले वडामा हुने विभिन्न कामका लागि गाउपालिकाको कार्यालय धाउने गरेका छन् । वडा कार्यालयमा […]
बाजुरा। खप्तड छेडेदह गाउँपालिकाले आर्थिक वर्षका लागि ४५ करोड ५८ लाख ४४ हजार ३ सय बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले १३ औं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा संघको समानीकरणमा १० करोड ४१ लाख र प्रदेशको १ करोड बजेटको अनुमानित गरिएको प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज […]
नागरिक रैबार/बाजुरा ७ असार।जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको छ । स्थानीय तह घोषणासंगै साविकको डोगडी गाउँ विकास समितिको कार्यालयमा सेवा सञ्चालन गर्दै आएको पालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको हो । स्थानीय तह घोषणा भएको ६ वर्षपछि पालिकाले आफ्नै प्रसासकीय भवन निर्माण गरेर सरेको हो । नयाँ भवनमा आज पुजापाठ गरेर […]