होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • पाँचौ छेडेदह कप: ८ टिम क्वाटरफाइनलमा प्रवेश, पाँच टिम बाहिरिए
बाजुरा बिशेष

पाँचौ छेडेदह कप: ८ टिम क्वाटरफाइनलमा प्रवेश, पाँच टिम बाहिरिए

  • नागरिक रैबार
पाँचौ छेडेदह कप: ८ टिम क्वाटरफाइनलमा प्रवेश, पाँच टिम बाहिरिए

नागरिक रैबार/बाजुरा १४ कार्तिक। खप्तड छेडेदह गाउँपालिकाकाे दशरथ माविकाे खेलमैदानमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे लिग चरणका खेलहरू आजबाट सकिएका छन् ।

आज चाैथाे दिनसम्म संचालन भएका लिग चरणका खेलहरू मध्येबाट ८ वटा टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जसमा त्रिवेणी नगरपालिका, 3X युनाइटेड, विएसवाईसि, रानिवन, स्पाेर्टस्, आयाेजक, कन्सन, टिम बडालेख र गाैमुल स्पाेर्टस् क्लव क्वाटरफाइनलमा प्रवेश गरेकाे आयाेजक छेडेदह स्पाेर्टस् क्लवले बताएको छ ।

विज्ञापन

त्यस्तै ५ वटा टिमहरू बडीमालिका-९, केपि वा स्पाेर्टस् क्लव, सारदा मावि, विएचसिसि र विएसएससिसि क्लव खेलबाट बाहिरिएका छन् ।

भाेलि हुने क्वाटरफाइनलकाे पहिलाे खेल त्रिवेणी नगरपालिका र 3X युनाईटेड विच हुने भएकाे छ । त्यस्तै दाेस्राे खेल रानिवन र विएसवाईसि, तेस्राे खेल आयाेजक र गाैमुल र चाैथाे खेल कन्सन बाजुरा र टिम बडालेखविच खेलाईने छेडेदह स्पाेर्टस् क्लवका खेल संयाेजक कृष्ण ओलीले बताएका छन् ।

उनका अनुसार भाेलि क्वाटरफाइनलका खेलहरू हुने र १६ गते सेमिफाइनलका खेलहरू हुनेछन् भने १७ गते फाईनल खेलसंगै सम्पन्न हुने भएकाे छ ।

प्रतियोगिता एन्फाका रेफ्रीहरु खुम ओली, विनोद नेपाली, कृष्ण थापा र प्रविन भण्डारीले खेलाईरहेका छन् । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ ।

यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ याे द्वितिय पुरस्कार भने राष्ट्रिय युवा स‌घ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने यस अघि नै घोषणा गरिसकेका छन् ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने आयोजकले बताएको छ ।

विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियाेगिता ११ कार्तिकबाट संचालन भईरहेकाे छ ।

सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेकाे प्रतियोगिताकाे समापन सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गर्ने आयाेजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार