होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काठमाडौं महानगरपालिकाले खप्तड छेडेदहलाई एम्बुलेन्स सहयोग गर्ने
Breaking News

काठमाडौं महानगरपालिकाले खप्तड छेडेदहलाई एम्बुलेन्स सहयोग गर्ने

  • नागरिक रैबार
काठमाडौं महानगरपालिकाले खप्तड छेडेदहलाई एम्बुलेन्स सहयोग गर्ने

काठमाडौं महानगरपालिकाले बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । पालिकाका तर्फबाट गरिएको मागलाई संवोधन गर्ने गरि महानगरले एम्बुलेन्स सहयोग गर्ने लिखित पत्र समेत पठाएको छ ।

खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । गाउँपालिकाका तर्फबाट एम्बुलेन्स सहयोगका लागि यस अघि कार्यपालिकाको बैठक सहीत माग पत्र पठाइएको थियो ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले चुनाव जितेपछि पदभार ग्रहणकै दिन विपन्न परिवारलाई सहयोग गर्ने उदेश्य सहीत एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका थिए । तर कार्यपालिकामा बहुमत सदस्यहरुले एम्बुलेन्स खरिद गर्न नसकिने पूर्वाग्रही नियत सहीत निर्णय कार्यान्वयनमा अवरोध गरेका थिए ।

विज्ञापन

सुरुको अध्यक्ष रावतको निर्णयमा अवुरोध गरिएपनि पछि चौतर्फी दबाब र आवश्यकतालाई ध्यानमा राखेर गाउँ कार्यपालिकाले एम्बुलेन्स सहयोगका लागि माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा काठमाडौं महानगरपालिकाले अन्य पालिकालाई पनि यस अघि उपलब्ध गराउँदै आएको अभ्यासका आधारमा गाउँपालिकाले माग पत्र पठाएको थियो ।

महानगरपालिकाले गाउँपालिकाको पत्रलाई आधार मानेर दुर्गम जिल्लाको पालिकालाई सहयोग दिने उदेश्य सहीत मंसिर १५ गते महानगरले सहयोग दिने निर्णय गरेको हो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार खरिद गर्न अनुरोध सहीत माघ मसान्त भित्र उपलब्ध गराउने उल्लेख गरेको छ ।

May be an image of text

महानगरका प्रमुख, उपप्रमुख, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश स्वास्थ्य मन्त्रालय, बाजुरा जिल्ला प्रशासन सहीतलाई बोधार्थमा राखेको छ । एम्बुलेन्स सहयोग आउने भएपछि खप्तड छेडेदह गाउँपालिकाका स्थानीयलाई विरामी पर्दा महँगो भाडा तिर्नु पर्ने र भनेको समयमा पनि जीप नपाउने बाध्यता केही हदसम्म हट्ने भएको छ ।

एम्बुलेन्स सहयोग उपलब्ध गराउने महानगरको निर्णय प्रति गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत, उपाध्यक्ष, बिशुदेवी नाथ सहीत अधिकांशले सामाजिक सञ्जालमा धन्यवाद र सहीत आभार व्यक्त गरेका छन् । महानगरले खप्तड छेडेदह सहीत अन्य पालिकालाई समेत सहयोग गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि