नागरिक रैबार/बाजुरा २१ मंसिर ।ग्रिन तारा नेपालले बाजुराका पत्रकारहरु संग समिक्षा बैठक सम्पन गरेको छ ।
संस्थाले संचालन गरेका कामको प्रगती विवरण बारे पत्रकारसंग समिक्षा बैठक सम्पन्न गरेको हो । संस्थाले जिल्लाको खप्तड छेडेदह गाँउपालिकाका १-७ सम्मका सबै वडामा स्वास्थ्य सम्वन्धि काम गर्दै आईरहेको ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कविता कुमारी थापाले बताएकी छन् ।
छेडेदहमा स्वास्थ्य सम्बन्धी , छाउपडी प्रथा,बालबिबाह न्युनिकरणका सम्बन्धि काम गर्दै आईरहेको र यसलाई न्युनियकरण गर्ने उदेश्य सहित विभिन्न कार्यमक्रमहरु संचालन गर्दै आईरहेको फिल्ड म्यानेजर थापाले बताएकी हुन ।
विशेष गरी खप्तड छेडेदह गाँउपालिकाको १ नम्मर वडा देखी ७ सम्म जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको जनाएको छ । ग्रिन तारा नेपालले होम डेलिबरी,बर्थिङ सेन्टर पुन निर्माणका कार्य ,स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था लगायतका काम गर्दै आएको छ ।
डोगडी स्वास्थ्य चौकीमा खानेपानी , नाईना हेल्थ पोष्टमा बर्थिङ सेन्टर र पुणबाव्ला स्वास्थ्य चौकीमा बिरामीहरुलाई अप्ठेरो नहोस् भन्ने हेतुका साथ काम गरिएको बताईएको छ ।
उक्त संस्थाले पुरुष समुह, महिला समुह,सासु समुहमा विभाजन गरी प्रत्येक महिनामा स्वास्थ्य सबमन्धि समिक्षा कार्यक्रम गर्ने गरेको फिल्ड मेनेजर थापाले जानकारी दिईन् ।
त्यस्तै सोही संस्था संग जोडिएको गरिमा परियोजनाले पनी छाउपडी प्रथा,बालविबाह,घरेलु हिंसा सम्बन्धी कार्य गर्दै आएको छ । भने उक्त कार्यक्रम सुदूरप्रश्चिम प्रदेशको बाजुरा र बझाङ्ग जिल्ला लागु भएको छ ।
ग्रिन तारा नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल,प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण ओली , प्रेस युनियनका अध्यक्ष संगिता तिमिल्सेना,प्रेस चौतारीका अध्यक्ष मदन विक लगायत जिल्ला स्थित पत्रकारहरुको सहभागी थिए ।
संस्थाको प्रगती विबरणको बिषयमा जानकारी भने ग्रिन तारा नेपालकी फिल्ड म्यानेजर कविता कुमारी थापाले गरेकी थिइन् ।
फेसबुक प्रतिक्रियाहरु