होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड क्षेडेदहमा चाैथाे गाउँपालिका स्तरीय रनिङ शिल्ड सूरू
बाजुरा बिशेष

खप्तड क्षेडेदहमा चाैथाे गाउँपालिका स्तरीय रनिङ शिल्ड सूरू

  • नागरिक रैबार
खप्तड क्षेडेदहमा चाैथाे गाउँपालिका स्तरीय रनिङ शिल्ड सूरू

नागरिक रैबार/बाजुरा ९ पुस ।बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।

खप्तड छेडेदह गाउँपालिकाको आयोजना र खापरदेवस्थली माविको सह- आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।
अध्यक्ष रावतका अनुसार यश वर्षकाे गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्वर ४ मा रहेको खापरदेवस्थली माविमा संचालन गरिएकाे हाे ।

विज्ञापन

प्रतियोगितामा यस पालिका भरिका ९ वटा माध्यमिक विद्यालय सहभागी भएका छन् । प्रतियोगिताले खेल क्षेत्रमा विद्यार्थी खेलाडीहरुको व्यक्तित्व विकासमा थप सहयाेग पुग्ने विश्वास पालिकाकाे छ ।

खापरदेवस्थली माविका विद्यालय व्यावस्थापन समिति अध्यक्ष कर्ण बहादुर कठायतको अध्यक्षतामा सुरु भएको प्रतियोगितामा कार्यक्रममा प्रमुख अथिति गाउँपालिका अध्यक्ष दिल बहादुर रावत रहेका थिए ।

विशिष्ट अथितिमा उपाध्यक्ष विशु नाथ रहेकी थिइन् भने अथितिमा खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्र बहादुर थापा, वडा नंः १ का अध्यक्ष विर बहादुर रावल, २ का अध्यक्ष भक्त बुढा, ३ का अध्यक्ष विर्क रावत, ४ का अध्यक्ष दल बहादुर धामी, ५ का अध्यक्ष जित रावत, विभिन्न पाटीका प्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्र बहादुर थापाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सोहि विद्यालयका शिक्षक मिन बहादुर धामीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार