होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका युवा व्यवसायी नाथकाे जीप दुर्घटनामा मृत्यु
Breaking News

बाजुराका युवा व्यवसायी नाथकाे जीप दुर्घटनामा मृत्यु

  • नागरिक रैबार
बाजुराका युवा व्यवसायी नाथकाे जीप दुर्घटनामा मृत्यु

नागरिक रैबार/बाजुरा १३ पुस।बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो ।

नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ ।
जीप नाथ आफैले चलाएका थिए ।

३४ वर्षका नाथको ज्यान गएको प्रहरीले जानकारी दिएका छन् । गौमुल गाउँपालिकाको केन्द्र घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से १ ज ९८९ नं. को जीप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोर ऐरीले जानकारी दिएका छन् ।

विज्ञापन

जीपमा सवार जय मालिका यातायात प्रालिका काउन्टर प्रमुख मदन रोकाया गम्भीर घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिका ६ घर भएका नाथ आफै चालक र जीप धनी हुन् ।
जिप सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

उद्योग वाणिज्य संघ बाजुराको पदाधिकारी समेत रहेका नाथ जयमालिका प्रालि यातायातका महासचिव समेत हुन् । रेडियो पौरखीबाट सञ्चार कर्म सुरु गरेका नाथले मार्तडीमा कटेल समेत सञ्चालन गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार