होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • पाँचौ छेडेदह कप: ४ टिम सेमिफाइनलमा प्रवेश, ४ टिम खेलबाट बाहिरिए
बाजुरा बिशेष

पाँचौ छेडेदह कप: ४ टिम सेमिफाइनलमा प्रवेश, ४ टिम खेलबाट बाहिरिए

  • नागरिक रैबार
पाँचौ छेडेदह कप: ४ टिम सेमिफाइनलमा प्रवेश, ४ टिम खेलबाट बाहिरिए

नागरिक रैबार/बाजुरा १५ कार्तिक। बाजुराकाे खप्तड छेडेदहमा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकाे क्वाटरफाइनलका खेलहरू आजबाट सकिएका छन्।

आज भएकाे क्वाटरफाइनलका खेलमा सहभागि ८ मध्येबाट ४ वटा टिमले सेमिफाइनलकाे यात्रा तय गरेका छन् । भने ४ वटा टिम खेलबाट बाहिरिएका छन् ।

सेमिफाइनल खेलका लागि आयाेजक, त्रिवेणी, रानिवन र कन्सन बाजुरा विच खेल हुनेछ । त्यस्तै विएसवाईसी बह्रमताेला, 3X युनाइटेड, टिम बडालेख र गाैमुल स्पाेर्टस् क्लव क्वाटरफाइनल खेलबाट बाहिरिएकाे खेल संयाेजक कृष्ण ओलीले बताएका छन् ।

विज्ञापन

भाेलि विहान हुने सेमिफाइनलकाे पहिलाे खेल आयाेजक र त्रिवेणी विच हुनेछ । भने दाेस्राे खेल रानिवन र कन्सन बाजुराविच हुने आयाेजकले बताएको छ । कन्सन र रानिवन यसअघिकाे चाैथाेे छेडेदह कपकाे विजेता र उपविजेता बनेका थिए ।

सेमिफाइनल खेलबाट रानिवन र कन्सन मध्ये एउटा टिम खेलबाट बाहिरिने छ । त्यस्तै त्रिवेणी र आयाेजक विच हुने सेमिफाइनल खेलबाट विजेता हुने टिमले फाईनल खेलका लागि प्रवेश गर्ने छ ।

प्रतियोगिताको विजता टिमले २ लाख ३५ हजार ३ सय ३५ रूपैया पाउने छ भने । उपविजेता हुने टिमले १ लाख २५ हजार २ सय २५ रुपैया पाउने छ । याे द्वितिय पुरस्कार भने राष्ट्रिय युवा स‌ंघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने यस अघि नै घोषणा गरिसकेका छन् ।

यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने आयोजकले बताएको छ ।

विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ ।

खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा पाँचौ छेडेदह कप प्रतियाेगिता ११ कार्तिकबाट संचालन भईरहेकाे छ ।
सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेकाे प्रतियोगिताकाे समापन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले गर्ने आयाेजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार