होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट सूरु, १३ वटा टिम सहभागी
खेलकुद

पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट सूरु, १३ वटा टिम सहभागी

  • नागरिक रैबार
पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट सूरु, १३ वटा टिम सहभागी

नागरिक रैबार/बाजुरा ११ कार्तिक।पाँचौ क्षेडेदह कप फुटवल प्रतियोगिता आजबाट दशरथ माविको खेलमैदानमा सूरु भएको छ । छेडेदह स्पोट्र्स क्लवको आयोजना र खप्तड क्षेडेदह गाउँपालिकाको सहयोगमा सर्वाधिक धनराशी पुरस्कार रहेको उक्त प्रतियोगिता आजबाट सूरु भएको हो ।

शनिबार एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले खेलका मुख्य रेफ्री खुम ओलीलाई फुटवल हस्तान्त्रण गरेर प्रतियोगिताको उद्धघाटन् गरेकी हुन् ।

सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको योे पाँचौ संस्करण हो । विजया दशमी तथा शुभदिपावलीको अवसरमा दशैं र तिहारको विचमा प्रत्येक वर्ष क्षेडेदह स्पोट्र्स क्लवले प्रतियोगिताको आयोजना गर्दै आईरहेको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आजबाट सूरु भएको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन ।

विज्ञापन

प्रतियोगितामा जिल्ला भित्रकै १३ वटा टिम सहभागी भएको आयोजकले बताएको छ । आयोजकका अनुसार आज पहिलो दिन प्रतियोगिताको उद्धघाटनमा राजनीतिक दलसंगै जनप्रतिनिधी र पत्रकारहरु विच मैत्रीपूर्ण फुटवल खेल खेलाईएको थियो । भने भोलि विहानबाट सहभागी टिमहरुविचका खेलहरु खेलाइने भएका छन् ।

No description available.

प्रतियोगितामा एन्फाका रेफ्रीहरु खुम ओली, विनोद नेपाली, कृष्ण थापा र प्रविन भण्डारीले खेलाउने भएका छन् । सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ याे द्वितिय पुरस्कार भने राष्ट्रिय युवा स‌घ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने यस अघि नै घोषणा गरिसकेका छन् । यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने आयोजकले बताएको छ ।

बाजुरा जिल्लाको खेल क्षेत्रको विकासमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जुना दानीले बताएकी छन् । उनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारस‌ग आवश्यक पहल गर्ने समेत बताएकी छन् ।

क्लवका अध्यक्ष लोकेन्द्र खड्काको अध्यक्षतामा संचालन गरिएको प्रतियोगिताको प्रमुख अतिथि प्रदेश सभा सदस्य जुना दानी रहेकी थिईन् । क्लवका तर्फबाट खगेन्द्र नाथले संचालन गरेको प्रतियोगितामा सहभागि प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु र खेलाडीहरुलाई खप्तड क्षेडेदह गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथले स्वागत मन्तव्य मार्फत स्वागत गरेकी थिईन् ।

कार्यक्रममा बडीमालिकाका मेयर अमर खड्का, बुढीगंगाका मेयर रामबहादुर बानियाँ, बुढीनन्दाका मेयर जनक कुमार बोहरा, खप्तड क्षेडेदहका अध्यक्ष दीलबहादुर रावत, बडीमालिकाका उपमेयर नन्दा थापा, त्रिवेणी नगरपालिकाका उपमेयर कमला कुमारी न्यौपाने, नेकपा एमाले बाजुरका जिल्ला कमिटी सचिव भरत थापा, नेकपा एकिकृत समाजवादी जिल्ला अध्यक्ष पुरबहादुर रावत, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्र सिंह बोहरा लगायत खेलाडीहरु सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार