होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • असिनापानीबाट पीडित बनेका कृषकलाई गहुँको विउ वितरण
बाजुरा बिशेष

असिनापानीबाट पीडित बनेका कृषकलाई गहुँको विउ वितरण

  • नागरिक रैबार
असिनापानीबाट पीडित बनेका कृषकलाई गहुँको विउ वितरण

नागरिक रैबार/बाजुरा १४ कार्तिक। जिल्लाको खप्तड छेडे्दह गाउँपालिका-७ मा असिना पानीबाट पिडित बनेका कृषकहरुलाई गहुँको बीउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र वडा कार्यालयको पहलमा पिडित कृषक परिवारहरुलाई गहुँको बीउ वितरण गरिएको हो ।

गत बैसाख २८ गते परेको असिनापानीले खप्तड क्षेडेदह-७ का कृषकहरुको पाक्न लागेको गहुँ बालीमा क्षेति गरेको थियो । असिनाले क्षेती पुगाएका कृषकहरुलाई राहत स्वरुप गहुँको बीउ वितरण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन ।
वडामा असिनापानीबाट पिडित करिब ४ सय ४० कृषक परिवारलाई प्रति केजी १२ का दरले वितरण गरेको वडा अध्यक्ष रावतले बताए ।

त्यस्तै यसअघि कृषि ज्ञान केन्द्र बाजुराद्धारा सबै स्थानिय तहमा किसानलाई ५० प्रतिशत अनुदान र निशुल्क गरि ६ जातको गहुँको बिउ वितरण गरिसकेको छ ।

विज्ञापन

कृषि ज्ञान केन्द्र बाजुराले यस बर्ष प्रजनन् बिउ र उन्नत जातको गरि ६ जातका बिउँ कृषकहरुलाई उपलब्ध हुने गरी जिल्लाका सबै स्थानीय तहमा पठाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी तथा कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताएका छन् ।

यस बर्ष जिल्लामा प्रजनन् बिउ र उन्नत जातको गहुँको बिउ गरी गरि ७५ कुईन्टल बिउ अनुदानमा ल्याएको छ। बिउ लैजान चाहने किसानले स्थानीय तहका कृषि शाखाबाटै पाउने गरी पठाइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार