होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, साउन ७ । नेपालले सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । […]
काठमाडौं, साउन ७ । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको लक्ष्यसहित कतारले जवाफी ब्याटिङ गरिरहेको छ । र, कतारविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । नेपालका सन्दीप लामिछानेले कतारका फैसल जाभेदलाई १ रनमा क्याच आउट गरेर […]
लस भेगास : फिलिपिन्सका चर्चित मुक्केबाज मानी पाक्विओले डब्लूबीए सुपर वेल्टरवेट उपाधिमाथि कब्जा जमाएका छन् । ४० वर्षीय बक्सर मानीले शनिबार राति लस भेगासमा भएको भिडन्तमा ३० वर्षीय अमेरिकी मुक्केबाज केथ थरम्यानलाई हराउँदै उपाधि हात पारेका हुन् । मानी फिलिपिन्सको संसद्का सदस्य पनि हुन् । मानी डब्लूबीए वेल्टरवेट उपाधि जित्ने विश्वकै सबैभन्दा बढी उमेरका खेलाडी पनि […]
काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता आजबाट सिंगापुरमा सुरु भएको छ । पहिलो खेलमा अहिले घरेलु टोली सिंगापुर र कतारले प्रतिस्पर्धा गरिरहेका छन्। आजै दोस्रो खेलमा नेपाली समयअनुसार साढे ११ बजे कुवेत र मलेसिया भिड्ने छन् । नेपालले पहिलो खेल मंगलबार बिहान कतारविरुद्ध खेल्दैछ । प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली शनिबार सिंगापुर पुगेको […]
काठमाडौं, साउन ५ । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ। प्रदेश एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ […]
काठमाडौं। प्रतियोगिता सम्पन्न भएको झन्डै तीन महिनापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कीर्तिमानी र स्वर्णपदक धारी खेलाडीहरूलाई मंगलबार नगदसहित पुरस्कृत गरेका छन् । प्रतियोगिता गत ११ वैशाखमा प्रदेश–५ मा सम्पन्न भएको थियो । कीर्तिमानधारी खेलाडीले तत्कालै नगदसहित सम्मानित गरिने बताए पनि त्यस्तो हुन सकेको थिएन् । तर, राखेपले झन्डै तीन महिनापछि […]
लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट १२ औं संस्करणको उपाधि भिडन्तमा इङ्ल्यान्ड र न्युजिल्यान्ड बराबरीमा रोकिएका छन् । न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २४१ रन बनाएपछि खेल बराबरीमा रोकिएको हो । इङ्ल्यान्डको घरेलु लर्डस मैदानमा भएको सनसनीपूर्ण फाइनल खेल बराबरीमा रोकिएको हो । आईसीसीले सुपर ओभरबाट मात्र विजेताको निर्णय गर्ने निर्णय […]
लन्डन : आयोजक इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको नयाँ च्याम्पियन बनेको छ। आइतबार भएको फाइनलमा न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गर्दै इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफी उचालेको हो। सुपर ओभरमा इङ्ल्यान्डलेजस्तै न्युजिल्यान्डले पनि १५ रन नै बनाए पनि बढी बाउन्ड्री हिर्काएको आधारमा इङ्ल्यान्डले रोमाञ्चक जित निकाल्यो। सुपर ओभरमा इङ्ल्यान्डले दुई चौका हिर्कायो भने न्युजिल्यान्डले एक छक्का […]
काठमाडौं : फ्रेन्ड्स क्लब ललित स्कृति कप यू–१८ फुटबल प्रतियोगितामा विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा फ्रेन्ड्सले थ्रीस्टार क्लबलाई २–१ गोलले हरायो । फ्रेन्ड्सको जितमा निशेन सुब्बाले ६०औं र जीवज गुरुङले ८६औं मिनेटमा गोल गरेका थिए । सान्त्वना जित निकाले पनि समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको फ्रेन्ड्स प्रतियोगिताबाट बाहिरिएको छ । […]
क्वालालम्पुर : मलेसियाविरुद्ध टी–ट्वीन्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले सानदार जित हात पारेको छ । पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो। मलेसियाको किनरारा मैदानमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो। पहिले ब्याटिङ गरी मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा […]
एजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो । ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो । भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले […]
कञ्चनपुरमा असार ३० गते हाफ म्याराथुन प्रतियोगिता हुने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको १० लाख बजेटमा क्षेत्रीय खेलकुद विकास समितिले प्रतियोगिताको आयोजना गर्ने भएको हो। कञ्चनपुरको महेन्द्रनगरमा असार ३० गते हुने हाफ म्याराथुनमा महिला र पुरुषको छुट्टा–छुट्टै प्रतियोगिता हुने आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ। प्रतियोगितामा प्रथम हुनेले एक÷एक लाख नगद […]
काठमाडौं : भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले विश्वकप क्रिकेटमा नयाँ रेकर्ड बनाएका हुन्। विश्वपमा पाँच शतक बनाएर रोहितले नयाँ रेकर्ड बनाएका हुन्। रोहितले इङ्ल्याण्डमा जारी विश्पकपमा पाँच शतक बनाएका हुन्। शनिबार श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै रोहितले श्रीलंकाका कुमार सांगाकाराको रेकर्ड तोडेका हुन्। बंलादेशविरुद्धको खेलमा रोहितले सांगाकारासँगको रेकर्डसँग बराबरी गरेका थिए। उनले दक्षिण अफ्रिकाविरुद्ध १२२ रन, पाकिस्तानविरुद्ध […]
काठमाडौं, असार २१। इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो। लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ। पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको […]
नागरिक रैबार/ बाजुरा २० असार । ११ औं राष्ट्रपति रनिङ शिल्डलाई यस वर्ष पनि मालिका माविले आफ्नो कव्जामा लिन सफल भएको छ । एघारौं राष्ट्रप ति रनिङ्ग शिल्ड प्रतियोगितामा मालिका माविले उत्कृष्ठ खेल प्रस्तुत गरेर यस वर्षको शिल्ड आफ्नो कव्जामा लिदै ९ औं पटक लगातार शिल्ड उचालेको हो । बाजुरा जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता […]
काठमाण्डौ, असार २० । नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको […]
मलेसियामा जारी एसीसी १९ वर्ष मुनिको इस्टर्न रिजन क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । चीनले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभर खेलेर पुरा गरेको हो । नेपालका लागि पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्काको मदतले ४६ […]
रामबहादुर वि.क./बाजुरा १८ असार । बाजुरा सदरमुकाम मार्तडीमा आजबाट ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गर्नु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा […]
काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]
नागरिक रैबार/बाजुरा १७ असार । बाजुरा सदरमुकाम मार्तडीमा आयोजना हुन लागेको ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गर्ने भएका छन् । असार १८ देखि २० गते सम्म संचालन हुने रनिङ्ग शिल्डकोे उद्घाटनका लागि मन्त्री शाह, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी लगायत आज साँझ […]