होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • विश्वकप क्रिकेटमा रोहित शर्माले बनाए पाँच शतकको नयाँ रेकर्ड
खेलकुद

विश्वकप क्रिकेटमा रोहित शर्माले बनाए पाँच शतकको नयाँ रेकर्ड

  • नागरिक रैबार
विश्वकप क्रिकेटमा रोहित शर्माले बनाए पाँच शतकको नयाँ रेकर्ड

काठमाडौं : भारतका ओपनर ब्याट्सम्यान रोहित शर्माले विश्वकप क्रिकेटमा नयाँ रेकर्ड बनाएका हुन्।

विश्वपमा पाँच शतक बनाएर रोहितले नयाँ रेकर्ड बनाएका हुन्। रोहितले इङ्ल्याण्डमा जारी विश्पकपमा पाँच शतक बनाएका हुन्। शनिबार श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै रोहितले श्रीलंकाका कुमार सांगाकाराको रेकर्ड तोडेका हुन्। बंलादेशविरुद्धको खेलमा रोहितले सांगाकारासँगको रेकर्डसँग बराबरी गरेका थिए।

उनले दक्षिण अफ्रिकाविरुद्ध १२२ रन, पाकिस्तानविरुद्ध १४० रन, इङ्ल्याण्डविरुद्ध १०४ रन बनाएका थिए। बंगलादेशविरुद्धको खेलमा ९२ बलमा ७ चौका र ५ छक्काका साथ १०४ रन बनाएका थिए।

विज्ञापन

शनिबार श्रीलंकाविरुद्ध ९२ बलमा दुई छक्का र १४ चौकाको मद्दतमा १०२ रन बनाएका हुन्। याे सँगै नयाँ रेकर्ड बनेकाे हाे ।

एकै विश्वकपमा चार शतक प्रहार गर्ने रेकर्ड यसअघि श्रीलंकाका सांगाकाराको नाममा थियो। सांगाकाराले २०१५ को विश्वकपमा चार शतकको रेकर्ड बनाएका थिए।  सांगाकाराले क्रिकेटबाट सन्यास लिइसकेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार