होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन मन्त्री शाहले गर्ने
देश/प्रदेश

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन मन्त्री शाहले गर्ने

  • नागरिक रैबार
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन मन्त्री शाहले गर्ने

नागरिक रैबार/बाजुरा १७ असार । बाजुरा सदरमुकाम मार्तडीमा आयोजना हुन लागेको ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गर्ने भएका छन् ।
असार १८ देखि २० गते सम्म संचालन हुने रनिङ्ग शिल्डकोे उद्घाटनका लागि मन्त्री शाह, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी लगायत आज साँझ बाजुरा आईपुग्ने जिल्ला खेलकुद विकास समिति बाजुराका अध्यक्ष हिक्मत थापाले बताएका छन् ।
‘ रनिङ्ग शिल्डलाई भव्य र सभ्य बनाउनका लागि जिल्ला खेलकुद विकास समितिले आफ्नो सम्पूर्ण तयारीलाई तिव्र पारिएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्लाका ९ वटै स्थानीय तहको समन्वयमा बाजुरा सदरमुकाममा ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता संचालन हुन लागेको हो ।
उक्त प्रतियोगीतामा जिल्लाका ९ वटै स्थानीय तहका १८ वटा विद्यालयले सहभागीता जनाउने भएका छन् ।
प्रतियोगिता भलिवल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरु विच प्रतिष्पर्दा गराईने आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार