होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गरिँदै
समाचार

साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गरिँदै

  • नागरिक रैबार
साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गरिँदै

काठमाडौं, साउन ५ । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ।

प्रदेश एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् ।

खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ को प्रदेश सरकारले महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको सम्मान तथा हौसला बढाउने उदेश्यले गत चैत्र ८ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नेपाली टोलीले उपाधि रक्षा गरे खेलाडीहरुलाई जनही २ लाख र उपविजेता भएका १ लाख दिने घोषणा गरेको थियो ।

विज्ञापन

त्यसैगरी साफमा नेपाली टिम उपविजेता भएपछि विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनही ५० हजार दिने घोषणा गरेका थिए ।

खेलाडीहरुलाई भोली विराटनगरमा नगद सहित सम्मानपत्र प्रदान गरिने अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य निरोज खड्गीले बताए ।

त्यसैगरी फाइनलको भोलीपल्ट बिराटनगरमा शनिबार बसेको एन्फा साधारणसभाको बैठकले उपविजेता खेलाडीहरुलाई जनही १ लाख नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । तर एन्फाको पुरस्कार भने खेलाडीले पाएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार