होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • कीर्तिमानी र स्वर्णधारी खेलाडी पुरस्कृत
खेलकुद

कीर्तिमानी र स्वर्णधारी खेलाडी पुरस्कृत

  • नागरिक रैबार
कीर्तिमानी र स्वर्णधारी खेलाडी पुरस्कृत

काठमाडौं। प्रतियोगिता सम्पन्न भएको झन्डै तीन महिनापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कीर्तिमानी र स्वर्णपदक धारी खेलाडीहरूलाई मंगलबार नगदसहित पुरस्कृत गरेका छन् । प्रतियोगिता गत ११ वैशाखमा प्रदेश–५ मा सम्पन्न भएको थियो ।

कीर्तिमानधारी खेलाडीले तत्कालै नगदसहित सम्मानित गरिने बताए पनि त्यस्तो हुन सकेको थिएन् । तर, राखेपले झन्डै तीन महिनापछि खेलाडीलाई पुरस्कृत गर्न सफल भएको हो । राखेपले आठौंमा व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण र कीर्तिमान बनाउने ६९६ खेलाडीलाई नगदसहित पुरस्कृत गरेको हो । राखेपले आठौंमा व्यक्तिगततर्फ स्वर्ण विजेता खेलाडीलाई जनही १५÷१५ हजार प्रदान गरिएको छ ।

त्यस्तै, टिमतर्फ स्वर्ण जित्ने खेलाडीलाई जनह ७÷७ हजार प्रदान गरेको छ । यस्तै, कीर्तिमानी खेलाडीलाई जनही २५÷२५ हजार रुपैयाँ प्रदान गरिएको छ । विभिन्न चार खेलमा राष्ट्रिय कीर्तिमान बनाउन सफल १६ खेलाडीलाई २६ कीर्तिमानीका लागि प्रत्येक कीर्तिमानीको २५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्ण र कीर्तिमानीका लागि जम्मा ७७ लाख वितरण गरिएको थियो ।

विज्ञापन

एथलेटिक्सकी चन्द्रकला लामगाडेले २, कृष्णा चौधरी, तुलसा खत्री, संगीता मेचे र सरस्वती भट्टराईले (रिले) तथा सन्तोषी श्रेष्ठले समान १–१ कीर्तिमान बनाएका थिए । पौडीमा गौरिका सिंहले ६, तेन्जिङ नोर्गे गुरुङले २, शुभम् श्रेष्ठले २, सायद हम्जा शाहले ३, एलेक्जेन्डर शाहले २, अनुभव सुब्बाले २ र नाथेन दोर्जे शेर्पाले २ कीर्तिमान रचेका थिए ।

त्यस्तै, सुटिङकी सुस्मिता नेपाल तथा गल्फका टंकबहादुर कार्की र शुक्रबहादुर राईले समान १÷१ कीर्तिमान बनाएका थिए । खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।

आठौंमा कुल ३७२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले १४० स्वर्णसहित कुल २८९ पदक जितेर टिम च्याम्पियन बनेको थियो । यस्तै, नेपाल पुलिस क्लबले ६२ स्वर्ण, सशस्त्र प्रहरीको एपीएफ क्लबले ५४ स्वर्ण, प्रदेश ३ ले २२ स्वर्ण, प्रदेश ५ ले ११ स्वर्ण, गण्डकीले १२ स्वर्ण, सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, प्रदेश १ ले ९ स्वर्ण, प्रदेश २ ले ६ स्वर्ण, एनआरएनएले ६ स्वर्ण र कर्णाली प्रदेशले ३ स्वर्ण जितेको थियो ।

खेलाडीहरूलाई राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालगायतले पुरस्कृत गरे ।

अन्तर्राष्ट्रिय पदक विजेता पुरस्कृत

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आर्थिक वर्ष २०७५÷७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई मंगलबार प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४६२ पदकधारीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरियो । जम्मा २३ लाख ७८ हजार रुपैयाँ प्रदान गरिएको थियो । सम्मानित हुनेमा एथ्लेटिक्सका अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल, लन टेनिसका प्रणव खनाल, अभिलाषा विष्ट, सुभांगी लक्ष्मी शाह, सलोनी तामाङलगायतका खेलाडी रहेका छन् । यस्तै कराँते, तेक्वान्दो, किक बक्सिङ,मुवा थाईलगायतका स्वर्ण ल्याउने खेलाडी पनि सम्मानित भएका छन् ।

खेलाडीलाई राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, सदस्यत्रय उपेन्द्र पौडेल, इन्दिरा निरौला, राजेश गुरुङलगायतले एक कार्यक्रमबीच खेलाडीलाई पुरस्कृत गरे ।राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार