होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • सनसनीपूर्ण विश्व क्रिकेट फाइनलः न्युजिल्यान्ड र इङ्ल्यान्ड बराबरीमा रोकिए
खेलकुद

सनसनीपूर्ण विश्व क्रिकेट फाइनलः न्युजिल्यान्ड र इङ्ल्यान्ड बराबरीमा रोकिए

  • नागरिक रैबार
सनसनीपूर्ण विश्व क्रिकेट फाइनलः न्युजिल्यान्ड र इङ्ल्यान्ड बराबरीमा रोकिए

लन्डन : आईसीसी एकदिवसीय विश्वकप क्रिकेट १२ औं संस्करणको उपाधि भिडन्तमा इङ्ल्यान्ड र न्युजिल्यान्ड बराबरीमा रोकिएका छन् । न्युजिल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २४१ रन बनाएपछि खेल बराबरीमा रोकिएको हो । इङ्ल्यान्डको घरेलु लर्डस मैदानमा भएको सनसनीपूर्ण फाइनल खेल बराबरीमा रोकिएको हो । आईसीसीले सुपर ओभरबाट मात्र विजेताको निर्णय गर्ने निर्णय लिएको छ ।

लिग चरणका नौ खेलमा न्युजिल्यान्डले पाँच जित, तीन हार र एक अनिर्णित नतिजा निकालेको थियो। न्युजिल्यान्ड लिग चरणमा चौथो बन्दै सेमिफाइनलमा पुगेको थियो। न्युजिल्यान्डले लिग चरणमा पाकिस्तानलाई रन रेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा भने न्युजिल्यान्डले बलियो टोली भारतलाई १८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारत खराब सुरुआत गर्दै ४९।३ ओभरमा सबै विकेट गुमाएर दुई सय २१ रनमा समेटिएको थियो।

विज्ञापन

यसैगरी इङ्ल्यान्ड लिग चरणमा तेस्रो बन्दै सेमिफाइनलमा पुगेको थियो। इङ्ल्यान्डले लिग चरणमा ६ जित र तीन हारको नतिजा निकालेको थियो। सेमिफाइनलमा भने इङ्ल्यान्डले साविक विजेता अस्ट्रेलयालाई आठ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो। इङ्ल्यान्ड योसहित चौथो पटक फाइनलमा पुगेको हो।

क्रिकेट खेलको जन्मदाताका रूपमा परिचित इङ्ल्यान्ड यसअघि सन् १९७९, सन् १९८७ र सन् १९९२ मा गरी तीन पटक विश्वकपको फाइनलमा पुगेको थियो । सन् १९९२ पछि इङ्ल्यान्डले यस पटक फाइनल खेलेको हो । 

सन् १९७९ को विश्वकपमा इङ्ल्यान्डलाई वेस्ट इन्डिजले हराएको थियो भने सन् १९८७ को फाइनलमा इङ्लिस टोली अस्ट्रेलियासँग पराजित भएको थियो। त्यसलगत्तै सन् १९९२ को विश्वकपमा इङ्ल्यान्डलाई पाकिस्तानले हराएको थियो।

यसैगरी दुई पटक विश्वकपको सफल आयोजना गरिसकेको न्युजिल्यान्ड भने दोस्रो पटक फाइनलमा पुगेको हो। सन् २०१५ को विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई सहआयोजक अस्ट्रेलियाले सात विकेटले पराजित गरेको थियो।

यही विश्वकपको लिग चरणमा यी दुई टोलीबीच खेलिएको खेलमा भने इङ्ल्यान्डले न्युजिल्यान्डलाई एक सय १९ रनले हराएको थियो। इङ्ल्यान्ड र न्युजिल्यान्डबीच यसअघि भएको एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड केही बलियो देखिएको थियो । यी दुई टोली एकदिवसीयमा ९० खेल भएका छन् । न्युजिल्यान्डले ४३ खेल जितेको थियो भने इङ्ल्यान्डले ४१ खेल जितेको थियो। दुई खेल बराबरीमा सकिएका थिए भने चार खेल अनिर्णित बनेका थिए । 

यसैगरी एकदिवसीय विश्वकपमा भने यी दुई टोली नौ पटक भिडेका छन्। न्युजिल्यान्डले पाँच खेल जितेको थियो भने इङ्ल्यान्ड चार खेलमा विजयी भएको छ।

सन् १९७५ देखि सुरु भएको विश्वकपको ११ वटा संस्करण सम्पन्न हुँदासम्म पाँचवटा राष्ट्रले मात्र उपाधि जित्न सकेका थिए। यो विश्वकपबाट उपाधि उचाल्ने देश थपिएको छ । अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकप जितेको छ भने वेस्ट इन्डिज र भारतले दुईदुई पटक उपाधि चुमेका छन्। यसका अतिरिक्त पाकिस्तान र श्रीलंकाले एकएक पटक उपाधि हात पारेका छन्। 

सन् १९९२ देखि विश्वकप खेल्न थालेको दक्षिण अफ्रिकाले पनि हालसम्म उपाधि जित्न सकेको छैन। सन् १९९९ देखि सन् २०१५ सम्म पाँचवटा विश्वकप भए। ती पाँचमध्ये चारवटा उपाधि अस्ट्रेलिया र एउटा भारतले जित्यो। त्यसैले पनि पछिल्ला हरेक विश्वकपमा क्रिकेटप्रेमीहरू नयाँ विजेताको खोजीमा थिए।  

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार