होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एघारौं राष्ट्रपति रनिङ्ग शिल्ड सूरु, मन्त्री शाहद्धारा उद्घाटन
समाचार

एघारौं राष्ट्रपति रनिङ्ग शिल्ड सूरु, मन्त्री शाहद्धारा उद्घाटन

  • नागरिक रैबार
एघारौं राष्ट्रपति रनिङ्ग शिल्ड सूरु, मन्त्री शाहद्धारा उद्घाटन

रामबहादुर वि.क./बाजुरा १८ असार ।  बाजुरा सदरमुकाम मार्तडीमा आजबाट ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गर्नु भएको छ ।


स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ  जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्लाका ९ वटै स्थानीय तहको समन्वयमा बाजुरा सदरमुकाममा आजबाट ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सूरु भएको हो । प्रतियोगीतामा जिल्लाका ९ वटै स्थानीय तहका १८ वटा विद्यालयले सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत बहादुर थापाले बताएका छन् ।
प्रतियोगितामा भलिवल, कवड्डी, मार्सल आर्ट र एथलेटिक्स तर्फका खेलहरु विच प्रतिष्पर्दा गराईने आयोजक जिल्ला खेलकुद विकास समिति बाजुराले जनाएको छ ।


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हिक्मत बहादुर थापाको अध्यक्षतामा सूरु भएको रनिङ्ग शिल्ड प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह प्रमुख अतिथि रहेका थिए भने त्यस्तै, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरप्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने लगायतको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले भने खेल क्षेत्रको विकास बाटै समाज परिवर्तन हुन सक्ने भएकाले सरकारले खेल क्षेत्रमा बढी लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

विज्ञापन


आज बाट सूरु भएको ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता असार २० गते सम्म संचालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार