होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नेपालसँग चीन पाँच ओभरमै पराजित
खेलकुद

नेपालसँग चीन पाँच ओभरमै पराजित

  • नागरिक रैबार
नेपालसँग चीन पाँच ओभरमै पराजित

मलेसियामा जारी एसीसी १९ वर्ष मुनिको इस्टर्न रिजन क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ ।

चीनले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले मात्र ५ ओभर खेलेर पुरा गरेको हो । नेपालका लागि पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्काको मदतले ४६ रन बनाउनुभयो । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहनुभयो । क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको चीनले ५४ रनको लक्ष्य प्रस्तुत ग¥यो । नेपालका सागर ढकाल एक्लैले ६ विकेट लिनुभयो ।

जितसँगै नेपाल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । समूह चरणको पहिलो खेलमा सिंगापुरले चीनलाई हराएको थियो । योसँंगै दुवै खेलमा पराजित हुदै चीन प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपाल र सिंगापुर भिड्नेछन् । सोही खेलले समूह विजेता टोलीको टुङ्गो लगाउनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार