होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा
समाचार

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

  • नागरिक रैबार
भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

एजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।

ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो ।

भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए ।

विज्ञापन

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले ।

टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार