होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एघारौं राष्ट्रपति रनिङ्ग शिल्ड मालिका माविको कव्जामा
समाचार

एघारौं राष्ट्रपति रनिङ्ग शिल्ड मालिका माविको कव्जामा

मालिका माविले लगातार ९ औ पटक शिल्ड उचाल्यो

  • नागरिक रैबार
एघारौं राष्ट्रपति रनिङ्ग शिल्ड मालिका माविको कव्जामा

नागरिक रैबार/ बाजुरा २० असार । ११ औं राष्ट्रपति रनिङ शिल्डलाई यस वर्ष पनि मालिका माविले आफ्नो कव्जामा लिन सफल भएको छ । एघारौं राष्ट्रप  ति रनिङ्ग शिल्ड प्रतियोगितामा मालिका माविले उत्कृष्ठ खेल प्रस्तुत गरेर यस वर्षको शिल्ड आफ्नो कव्जामा लिदै ९ औं पटक लगातार शिल्ड उचालेको हो ।


बाजुरा जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएदेखि नै हालसम्म जिल्लामा संचालन हुँदै आएका प्रत्येक वर्षका राष्ट्रपति रनिङ्ग शिल्डहरु आफ्नो कव्जामा लिदै आएको छ ।
बाजुरामा यस वर्षको राष्ट्रपति रनिङ्ग शिल्ड प्रंतियोगिता असार १८ गतेदेखि संचालन भएको थियो । प्रतियोगितामा जिल्लाका आठ वटा स्थानीय तहका २३ वटा विद्यालयले भाग लिएका थिए ।

विज्ञापन

प्रतियोगितामा संचालन भएका खेल मध्ये १८ स्वर्ण, १० रजत र ४ कास्य पदक प्राप्त गर्दै यस वर्षको रनिङ्ग शिल्ड कव्जा गर्न सफल भएको मालिका माविका खेल प्रशिक्षक विक्रम शाहले बताएका छन् ।
विद्यालयको लगानि, खेल प्रशिक्षक सरहरुको लगाव, विद्यार्थी भाईबहिनिहरुको सघर्ष र मेहेनतका कारण प्रत्येक वर्ष मालिकाले रनिङ्ग शिल्ड हात पार्दै आएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

यस्तै खेलमा भानुदय मावि द्धितीय भएको छ । भानुदय मावि नौविसले २ स्वर्ण ४ रजत र २ कास्य, रत्न मावि सेलीफालले २ स्वर्ण तीन कास्य, हात पारेको छ ।

रनिङ सिल्डमा एथ्लेष्टीक, कबड्डी, मार्सल आर्ट भलिबल लगायतका खेलहरु सञ्चालन गरिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताएका छन् । प्रतियोगिताको गत १८ गते बुधबार सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गरेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार