होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • पाकिस्तान विश्वकपबाट बाहिरियो
क्रिकेट

पाकिस्तान विश्वकपबाट बाहिरियो

  • नागरिक रैबार
पाकिस्तान विश्वकपबाट बाहिरियो

काठमाडौं,  असार २१। इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तान बंगलादेशलाई ९४ रनले पराजित गरेको हो। लिग चरणको अन्तिम खेलमा जित निकालेपनि पाकिस्तान विश्वकपको सेमिफाइनलमा पुग्न असफल भएको छ। बंगलादेश यस अघि नै विश्वकपबाट बाहिरिसकेको छ।

पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगालदेशमाथि ३ सय ८ रनको जित आवश्यक थियो । तर, पाकिस्तानले झिनो अन्तरले जित निकालेसंगै न्युजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको छ।

योसंगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुङ्गो लागेको छ। साविक विजेता अष्ट्रेलियासहित भारत, ईङल्याण्ड र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। लर्ड्समा पाकिस्तानले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो।

विज्ञापन

बंगलादेशका लागि शकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन्। योसंगै शकिब एकै विश्वकपमा ६ सय रन बनाउने तेस्रो खेलाडी बने । उनले जारी विश्वकपमा ११ विकेट समेत लिएका छन्।

यस्तै बंगलादेशका लागि लिटोन दासले ३२, मोहमदउल्लाहले २९ तथा सौम्य सरकारले २२ रन जोडे। बंगलादेशलाई सस्तैमा समेट्न पाकिस्तानका साहिन साह अफ्रिदीले ६ विकेट लिए । यस्तै शहदब खानले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । पाकिस्तानका इमाम उल हकले शतकीय इनिङ्स खेले । १०० बल खेलेका उनले ७ चौकाको मद्दतले १०० रन बनाए ।

यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट लिए । यस्तै मोहमद सैफुदीनले ३ विकेट लिए ।

जितसंगै पाकिस्तान लिग चरणमा पाँचौ स्थानमा रह्यो । पाकिस्तानले ९ खेलबाट ११ अंक जोड्यो । ११ अंक जोडेपनि न्युजिल्याण्ड नेट रन रेटको आधारमा सेमिफाइनलमा पुग्यो । बंगलादेश ९ खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा रह्यो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार