होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा जिल्ला स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बडीमालिका नगरपालिकाले जितेको छ । प्रतियाेगितामा बडीमालिकाले २० स्वर्ण, २० रजत र ११ कास्यसहित ५१ पदक प्राप्त गर्दै उपाधि जितेकाे हो । यसवर्ष अघि बुढीगंगामा सञ्चालन भएको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेकाे बडीमालिकाले यस वर्षपनि उपाधि जित्न सफल भएकाे हाे । […]
बाजुरामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारबाट सुरु भएको छ। “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” नारासहित मार्तडीमा प्रतियोगिता आयोजना गरिएको हो। जिल्ला खेलकुद विकास समितिको आयोजना तथा बडीमालिका नगरपालिकाको सह–आयोजनामा भइरहेको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले गरेका छन्। मालिका माध्यमिक विद्यालय, मार्तडीमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाका ८ स्थानीय तह […]
जिल्ला खेलकुद समिति बाजुराकाे अध्यक्षमा काेपिला सिंह नियुक्त भएकी छन् । सुदूरपश्चिम प्रदेशका सात जिल्लामा जिल्ला खेलकुद समितिका नयाँ अध्यक्ष नियुक्त गरिएको हाे । सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको थियो । प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो । परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलाली, कञ्चनपुर, बैतडी, अछाम, बझाङ, बाजुरा र […]
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले […]
त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ […]
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो। […]
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री […]
काठमाण्डौं २८ कार्तिक। बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको काठमाण्डौंमा सूरु गरिएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा उक्त प्रतियोगिता आजबाट काठमाण्डौंमा सुरु गरिएको हो । प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच पुर्व राष्ट्रिय खेलाडी, पुर्व कप्तान अनिल गुरुङ्गले उद्धघाटन् गरेका हुन् । प्रतियोगिता किर्तिपुरको मतस्य नारायण रिक्रिएसन केन्द्रको फुटसल ग्राउन्डमा संचालन गरिएको […]
काठमाण्डाैं २७ कार्तिक । राजधानी काठमाण्डौंमा बाजुरा जिल्ला स्तरीय सेभन ए साईड फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । बाजुरा युथ कनेक्टको आयोजनामा कार्तिक २८ गते शुक्रबारका दिन उक्त प्रतियोगिता काठमाण्डौंमा आयोजना गरिने भएको हो । विहिबार बाजुरा युथ कनेक्टले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त प्रतियोगिता संचालनबारे जानकारी गराएको हो । बाजुरामा स्थाई घर […]
आईसीसी विश्वकप लिग २ को १५ औँ चरणअन्तर्गतको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ३९.१ ओभरमा १५६ रन बनाउँदै अलआउट भएको हो। अमेरिकाले दिएको २६३ रनको विजय लक्ष्य पछाएको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए। ओपनर आसिफ शेखले ३७, भीम सार्कीले २९ […]
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँगको खेलमा १ रनको रोमाञ्चक जित हासिल गरेको छ । नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो । यूएईका लागि अलिशान सराफूले अर्धशतकीय पारी खेलेपनि पर्याप्त हुन सकेन । उनले ५८ रन बनाए । ध्रुव पराशरले […]
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा कप २०८२’ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता २२ देखि २६ गतेसम्म मालिका माध्यमिक विद्यालय मार्तडीमा हुन लागेको हो । बाजुरा कप २०८२” नामक ७ ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगितामा जिल्लाभरिका विभिन्न टिमहरूले सहभागिता जनाउने आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरू र टिमहरूले […]
धनगढीः राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि खुुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको हो। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। चैत १९ गतदेखि २३ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडीमालिका नगरपालिकाले हालै सम्पन्न जिल्ला जिला स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको छ । बुधबार मार्तडीमा एक कार्यक्रमका बिच १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी जितेका खेलाडीहरुलाई बधाई सहित सम्मान गरेको हो । १५ औँ जिल्ला स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाका खेलाडीले […]
नागरिक रैबार/बाजुरा १५ फागुन। बाजुरा जिल्लामा जारी १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले जितेकाे छ । बडीमालिकाले प्रतियोगितामा सहभागि जिल्लाका अन्य ८ वटा पालिकालाई पछाडि पार्दै यस वर्षको रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । बडीमालिकाले १८ स्वर्ण, १५ रजत र १३ कास्य गरि जम्मा ४८ पदक ल्याएर प्रतियाेगिता जित्न सफल […]
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा ९ फागुन। बाजुरामा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववीयु विच मैत्रीपूर्ण खेल संचालन हुने भएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटीको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म काठमाण्डौंमा संचालन हुने प्रधानमन्त्री केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिता तेस्रो संस्करणको प्रचारप्रसारका लागि बाजुरामामा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी […]
काठमाडौ : नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ। १० किमिको म्याराथनमा रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारीकाे तर्फबाट कानुन संकाय कक्षा १२ मा अध्ययनरत छात्रा ज्याेति विक र आयुषा राेका लगाएत ३० जनाकाे सहभागीता रहने सैनिक महाविद्यालयले जनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले […]
बैतडी– प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा […]