होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुर वि.क./बाजुरा १८ असार । बाजुरा सदरमुकाम मार्तडीमा आजबाट ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गर्नु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा […]
काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]
नागरिक रैबार/बाजुरा १७ असार । बाजुरा सदरमुकाम मार्तडीमा आयोजना हुन लागेको ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गर्ने भएका छन् । असार १८ देखि २० गते सम्म संचालन हुने रनिङ्ग शिल्डकोे उद्घाटनका लागि मन्त्री शाह, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी लगायत आज साँझ […]
रियो दी जेनेरियो : अर्जेन्टिना ब्राजिलमा जारी कोपा अकेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको क्वाटर फाइनलको खेलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । खेलको १०औं मिनेटमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ७४औँ मिनेटमा जिओभानी लो केल्सोले गोल गरी अग्रता दोब्बर बनाए । दुवै […]
नयाँदिल्ली : इन्डियाका क्रिकेट कप्तान विराट कोहलीले अन्तर्राष्ट्रिय म्याचमा सबैभन्दा कम इनिङमा सर्वाधिक २० हजार रन जोड्ने पहिलो ब्याट्सम्यान बनेका छन् । म्यानचेस्टरमा वेस्ट इन्डिजविरुद्ध ३७ रन बनाउँदै विराटले यो उपलब्धि हासिल गरेका हुन् । यससँगै उनले सचिन तेन्दुलकर र वेस्ट इन्डिजका पूर्व कप्तान ब्रायन लाराको रेकर्ड नै तोडेका छन् । सचिन र लाराले ४ […]
कंञ्चनपुर – प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले दोस्रो जित निकालेको छ । कंञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चलिरहेको प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको हो ।टस हार्दै ब्याटिङको निम्तो पाएको सुदुर पश्चिम प्रदेशले १६ दशमलव १ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय रन जोडेको थियोे । सुदुरपश्चिमका लागि कविता कुवँरले २५ […]
नेपालका लेग स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिग खेल्ने भएका छन् । बिहिबार राति भएको ड्राफ्टमा सन्दीपलाई टोरन्टो नेशनल टिमले अनुबन्ध गरेको हो । सन्दीपलाई टोरन्टोले ६० हजार अमेरिकी डलर खर्चिएको छ । सन्दीपको टोलीका भारतका चर्चित क्रिकेटर युवराज सिंह लगायत खेलाडी छन् । सन्दीपले गतबर्ष पनि ग्लोबल टी–२० क्यानडा […]
काठमाडौं, वैशाख ३१– इन्डियन प्रिमियर लिगमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सबाट नेपाली बलर सन्दीप लामिछानेले यो सिजन झण्डै ५५ लाख रुपैयाँ पाउने भएका छन् । दिल्लीले तेस्रो भएवापत ६ दशलमव ४ करोड भारतीय रुपैयाँमा आइपीएलको नियम अनुसार ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने हुन्छ । त्यस अनुसार दिल्लीले टिममा रहेको २५ खेलाडीलाई बराबर […]
बैशाख २२, २०७६ हेटौंडा–४ मा रहेको एकमात्र खुला मैदान हुप्रचौरमा व्यावसायिक सटर र मिनी प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले शनिबार हुप्रचौरमा लगाइएको तारजाली निकालेका हुन् । जिल्ला खेलकुद विकास समिति र क्रिकेट खेलाडीलगायतले आर्थिक संकलन गरेर हुप्रचौरको दक्षिण क्षेत्रमा लगाएको तारजाली स्थानीयले शनिवार विहान […]
बैशाख २२, २०७६ चेक रिपब्लिकका अन्तर्राष्ट्रिय स्ट्राइकर जोसेफ सुरलको बस दुर्घटनामा निधन भएको छ । टुर्किस क्लब एटेमीज एलान्यास्पोरका खेलाडी बोकेको सो बस आईतबार दुर्घटना भएको हो । केही खेलाडी रहेको सो बसमा सुरललाई गम्भीर चोट लागेको थियो र २८ वर्षीया खेलाडीको अस्पतालमा निधन भएको जनायो । अन्य खेलाडीलाई भने सुरललाई जस्तो चोट नपरेको क्लबका […]
बैशाख २२, २०७६ डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र क्रिस्टियानो रोनाल्डो रहेको युभेन्टस्लाई स्तब्ध तुल्याएर अगाडि बढेको आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा अगाडि रहेको छ । मंगलबार राति टोटनह्यामकै मैदानमा भएको उक्त खलमा आयक्स १–० गोलअन्तरले जितेका हो । योसँगै आयक्सलाई अवे मैदानमा एक गोलको अग्रता पनि मिलेको छ । यस पटकको च्याम्पियन्स लिगमा डच […]
बैशाख २२, २०७६ ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गरेको हो । टोलीको जितमा दुबै गोल मिलन राईले गरेका थिए । ४५औं मिनेटमा जुनियरको पासमा अनमार्क […]
बैशाख २२, २०७६ भनिन्छ, उमेर अंक मात्र हो, हरेक वर्ष यो अंक बढ्दै जान्छ । तर केही गर्ने ईच्छाशक्ति बलियो छ भने उमेर बाधक बन्दैन । विश्व खेलकूद जगतमा पनि यो लागू भएका छन् । यस्ता केही हस्ती छन् जसले उमेरलाई अंक मात्र रहेको प्रमाणित गरेका छन् । गत जुलाईमा सम्पन्न फिफा विश्वकप कै कुरा […]
बैशाख २२, २०७६ लन्डन, (एजेन्सी) गत महिना गोल डटकमले विश्वका १० सर्वाधिक तलब बुझ्ने फुटबल क्लबको प्रशिक्षक मध्ये ५ जना इंग्लिस क्लबका रहेको जनाएको थियो । जसअनुसार तीन स्पेनिश क्लबका प्रशिक्षक पनि उक्त सूचीमा अटाएका छन् । जारी सिजन स्पेनिस क्लब एट्लेटिको मेड्रिडका डिएगो सिमोन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् । उनले वार्षिक […]
बैशाख २२, २०७६ लियोनेल मेसीको २ तथा लुइस स्वारेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले आराम जित निकालेको छ । आफ्नै घरेलु मैदानमा पाहुना टोली लिभरपुललाई ३–० गोलअन्तरले हराएर बार्सिलोनाले एक पाइला फाइनलतिर लम्कायो । लगभग फाइनल नै पुग्ने संभावना भएको बार्सिलोनाको लागि दोस्रो लेगको खेलमा बराबरी मात्रै खेले पुग्ने […]
बैशाख २२, २०७६ ‘सीएमएस भरतपुर गोल्डकप’ मङ्गलबारदेखि नारायणगढको क्याम्पाचौरमा शुरु हुने भएको छ । हरेक दिन एउटा खेल हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनुभयो । ‘ए जे इन्टरनेशनल प्रालि’को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, थ्री स्टार क्लब, च्यासल युथ क्लब, सङ्कटा, जावलाखेल, विजय युथ क्लब हेटौँडा, […]
बैशाख २२, २०७६ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको लिगमा पनि आफ्नो धाक जमाएकी छन् । भारतीय महिला फुटबल लिगअन्तर्गत सेथु एएफसीले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६–४ ले हराउँदा सावित्राको योगदान नै महत्वूर्ण रह्यो । उनले ४ गोल गरेकी हुन् । उनले २९औं सेकेण्डमै गोल गर्दै आफ्नो टोली सेथुलाई अग्रता दिलाएकी थिइन् […]
बैशाख २२, २०७६ अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० को फराकिलो गोलअन्तरले हराएपछि इंग्लिस प्रिमियर क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत साता भएको पहिलो लेग ३–० ले गुमाएपछि लिभरपुललाई फाइनलमा स्थान पक्का गर्न ४–० को जित अनिवार्य बनेको थियो । मोहम्मद सलाह र रोबेर्टो फर्मिनो जस्ता खेलाडीविना खेल्नु पर्ने […]
बैशाख २२, २०७६ भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् । व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ […]
बैशाख २२, २०७६ एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजाविहीन बनेको हो । नेपालले दिएको २३५ रनको लक्ष्यसहित मैदान उत्रेको आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहँदा भारी वर्षा भएपछि खेल […]