होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट
खेलकुद

टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट

  • नागरिक रैबार
टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली छनोट प्रतियोगिता आजबाट सिंगापुरमा सुरु भएको छ ।  पहिलो खेलमा अहिले घरेलु टोली सिंगापुर र कतारले प्रतिस्पर्धा गरिरहेका छन्।

आजै दोस्रो खेलमा नेपाली समयअनुसार साढे ११ बजे कुवेत र मलेसिया भिड्ने छन् । नेपालले पहिलो खेल मंगलबार बिहान कतारविरुद्ध खेल्दैछ । प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली शनिबार सिंगापुर पुगेको थियो । नेपालले दोस्रो खेल मलेसियासँग २४ जुलाईमा, तेस्रो खेल कुवेतसँग २७ जुलाई र आयोजक सिंगापुरसँग जुलाई २८ तारिखमा खेल्नेछ।

यस प्रतियोगतामा नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतार गरी पाँच राष्ट्र सहभागी छन् ।  राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष टोली अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ। ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ। त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टीट्वेन्टी विश्वकप खेल्न पाउनेछन्।

विज्ञापन

यस प्रतियोगितामा नेपाल सबैभन्दा बलियो टोली हो । नेपालले सबै प्रतियोगितामा अनुकूल नतिजा निकाल्दै ग्लोबल क्वालिफायरमा स्थान बनाउनेमा नै  ध्यान केन्द्रित गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार