होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • मुक्केबाज सांसदलाई उपाधि
खेलकुद

मुक्केबाज सांसदलाई उपाधि

  • नागरिक रैबार
मुक्केबाज सांसदलाई उपाधि

लस भेगास : फिलिपिन्सका चर्चित मुक्केबाज मानी पाक्विओले डब्लूबीए सुपर वेल्टरवेट उपाधिमाथि कब्जा जमाएका छन् । ४० वर्षीय बक्सर मानीले शनिबार राति लस भेगासमा भएको भिडन्तमा ३० वर्षीय अमेरिकी मुक्केबाज केथ थरम्यानलाई हराउँदै उपाधि हात पारेका हुन् । मानी फिलिपिन्सको संसद्का सदस्य पनि हुन् ।

मानी डब्लूबीए वेल्टरवेट उपाधि जित्ने विश्वकै सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका छन् । ‘उपाधि आफैंमा ठूलो उपलब्धि हो । त्यसमाथि अर्को सफलता पनि जोडिन पुगेको छ । म सबैभन्दा बढी उमेरमा डब्लूबीए वेल्टरवेट उपाधि जित्ने खेलाडी बनेको छु । यो मेरा लागि निकै खुसीको क्षण हो’, उपाधि हात पारेपछि मानीले भनेका छन् ।

केही समयअघि बढ्दो उमेरका कारण मानीले सक्रिय खेलजीवनबाट सन्न्यास लिने योजना बनाएका थिए । तर, पछि सन्न्यासका योजनाबाट पछि हटेका मानीले थरम्यानसँगको भिडन्त पक्का गरेका थिए । ‘भिडन्त निकै रोमाञ्चक थियो । मैले मानीलाई गतिलो चुनौती दिएको थिएँ । तर, उनले आफ्नो उत्कृष्ट प्रमाणित गरेरै छाडे’, खेलपछि अमेरिकी मुक्केबाज थरम्यानले भने, ‘पक्कै पनि बक्सिङको इतिहासमै यो एउटा सुन्दर भिडन्त थियो ।’

विज्ञापन

थरम्यान यसअघि अपराजित रहँदै आएका थिए । मानीसँगको भिडन्तमा उनी लगातार ३०औं जितको खोजीमा थिए । तर, बक्सिङ रिङसँगै राजनीतिका समेत चतुर खेलाडी मानीका अगाडि थरम्यानको केही लागेन । मानी विभिन्न आठवटा तौलसमूहमा विश्व च्याम्पियन रहिसकेका मुक्केबाज हुन् ।

थरम्यानलाई हराएपछि मानीले आफू तत्काल फिलिपिन्स फर्किएर सांसदको भूमिकामा आफ्नो जिम्मेवारी निर्वाह गर्न आतुर रहेको प्रतिक्रिया दिए । ‘तत्कालका लागि बक्सिङ रिङमा मेरो भूमिका सकियो । अब म छिट्टै फिलिपिन्स फर्किएर सांसदको भूमिकामा आफ्नो कामलाई निरन्तरता दिन चाहन्छु’, उनले भनेका छन् ।

मानीले आफू अब अर्को वर्ष फेरि रिङमा ओर्लने बताएका छन् । ‘सम्भवतः म अब अर्को वर्ष रिङमा ओर्लनेछु’, मानीले भने । उनले आफ्नो प्रतिद्वन्द्वी थरम्यानको प्रशंसा पनि गरेका छन् । ‘थरम्यान निकै प्रभावशाली मुक्केबाज हुन् । उनले सुरुदेखि नै मलाई गतिलो चुनौती दिएका थिए । खेलमा हारजित स्वाभाविक प्रक्रिया हो’, मानी भन्छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार