होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • फ्रेन्ड्सको सान्त्वना जित
खेलकुद

फ्रेन्ड्सको सान्त्वना जित

  • नागरिक रैबार
फ्रेन्ड्सको सान्त्वना जित

काठमाडौं : फ्रेन्ड्स क्लब ललित स्कृति कप यू–१८ फुटबल प्रतियोगितामा विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको खेलमा फ्रेन्ड्सले थ्रीस्टार क्लबलाई २–१ गोलले हरायो ।

फ्रेन्ड्सको जितमा निशेन सुब्बाले ६०औं र जीवज गुरुङले ८६औं मिनेटमा गोल गरेका थिए । सान्त्वना जित निकाले पनि समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेको फ्रेन्ड्स प्रतियोगिताबाट बाहिरिएको छ । फ्रेन्ड्सले चार खेलबाट चार अंक बनायो । समान खेलबाट एक अंक बनाएको थ्रीस्टार यसअघि नै बाहिरिएको थियो । यस समूहबाट त्रिभुवन आर्मी, एपीएफ र मनाङ मर्याङ्दी क्लब क्वार्टरफाइनलमा पुगेका छन् ।

यसैगरी बिहीबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले सान्त्वना जित हात पारेको छ । च्यासलले मच्छिन्द्र फुटबल क्लब २–१ गोलले हरायो । च्यासलको जितमा दुवै गोल कर्मा शेर्पाले गरे । उनले ७१औं र ८७औं मिनेटमा गोल गरेका थिए । यसअघि मच्छिन्द्रका लागि कृष्ण भण्डारीले एक गोल गरेका थिए । कृष्णले ६१औं मिनेटमा गोल गरेका थिए । जित निकाले पनि समूह ‘ए’ मा रहेको च्यासल प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट हिमालयन शेर्पा र मच्छिन्द्र क्लबले क्वार्टरफाइनलमा स्थान बनाए । शेर्पा र मच्छिन्द्रले समान ६÷६ अंक बनाए । च्यासलले चार अंक मात्र बनाउन सक्यो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वउपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजना गरेको प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले भाग लिएका छन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार