होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • एसिसी यू–१९ क्रिकेट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
क्रिकेट

एसिसी यू–१९ क्रिकेट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

  • नागरिक रैबार
एसिसी यू–१९ क्रिकेट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डौ, असार २० । नेपाल समूह विजेता बन्दै मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । सिंगापुर समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा नेपालले दिएको ३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा समेटियो ।

विज्ञापन

सिंगापुरका लागि हरी कुकरेजाले सर्वाधिक ३० रन जोडे । यस्तै कन्नुस्वामी सतिशले २४ रन बनाए । चन्द्रमाउली श्रीदेबले २३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ४ विकेट गुमाएर ३२६ रन बनायो ।

नेपालको फराकिलो स्कोरमा रित गौतमले शतकीय इनिङ्स खेले । अविजित रहेका रितले ११५ रन बनाए । प्रतियोगिताको यो पहिलो शतक हो ।

खडक बोहोराले ९० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल मल्लले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दा पवन सर्राफ ४५ रन बनाए । सिंगापुरका लागि प्रणव सुदर्शन राजेश कृष्णन र भिनित चितेस मेहेताले समान २/२ विकेट लिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार