होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन । माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]
नागरिक रैबार बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको […]
नागरिक रैबार बाजुरा २२ माघ प्रेस चौतारी नेपाल बाजुराका संस्थापक विनोद कुमार विकको सम्मान र सम्झनामा स्थापना गरिएको विनोद विक स्मृति पत्रकारिता पुरस्कारबाट २ जना पत्रकारलाई प्रदान गरिएको छ प्रेस चाैतारी बाजुराले आफ्नाे स्थापना दिवसकाे अवसरमा विनाेद बिक स्मृति पुरस्कार प्रेस चाैतारी बाजुराका निवर्तमान अध्यक्ष वसन्त विस्वकर्मा र मनिषा घटालालाई प्रदान गरेकाे हाे । बडीमालिका […]
नागरिक रैबार/बाजुरा २२ माघ। जिल्लाको हिमाली गाउँपालिकाले वडा नम्बर ३ र ४ का विपन्न परिवारलाई फलामे चुल्हाे वितरण गरेकाे छ । गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको […]
नागरिक रैबार बाजुरा २१ माघ । बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात भएकाे छ । बिहीबार साँझदेखि सदरमुकामै हिउँ पर्न सुरु भएको थियाे। जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन। तर, यस वर्ष भने पाैष महिनाकाे दाेस्राे र माघ महिनाको तेस्रो साता सदरमुकाममा हिमपात भएको हो। सदरमुकाम लगायत जिल्लाका हिमाली भेगका बस्तिहरूमा हिमपात भएसंगै […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको खप्तड क्षेडदह गाउँपालिकाका एक जना युवकलाई चरेससहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका ७ लमगाउँका ४० वर्षिया हर्कबहादुर रावत रहेका छन् । उनलाई गाउँपालिकाको वडा नं. ५ डोगडी बजारबाट १० किलो अवैध लागूऔषध चरेशसहित पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार से १ ज ६०९ नम्बरको […]
नागरिक रैवार / बाजुरा १९ माघ ।कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानीमा डुबेर एक बालक बेपत्ता भएका छन। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १४ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ। […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुराको कोल्टीमा जिपले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनीका कमल विकका ७ वर्षीया छोरा सुर्ज विकलाई जिपले ठक्कर दिँदा घाइते भएका हुन् । कोल्टी बिच बजारमा से १ ज ११४९ नम्बरको जितु विकको जिपले ठक्कर दिँदा बालकको एक खुट्टा भाचिएको उनका अंकल राजेश […]
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
नागरिक रैबार/बाजुरा १७ माघ। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले प्रधानमन्त्री कार्यालय तथा राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरा […]
नागरिक रैबार/बाजुरा १७ माघ। बाजुरा जिल्लाका सामुदायिक विद्यालयहरु माघ महिनाभर भौतिक उपस्थितिमा संचालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय बाजुराले निणर्य गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोभिड-१९ तिव्र रुपमा फैलिरहेको दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाका सामुदायिक विद्यालय माघ महिनाभर भौतिक उपस्थितिमा नखोल्न निणर्य गरेको हो । त्यस्तै विद्यालयले […]
नागरिक रैबार/बाजुरा १७ माघ। बडीमालिका स्तरीय दलित भुमी अधिकार युनियनको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा बसेको बैठकमा भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार गर्ने, भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार, दलित सम्बन्धि घटना अध्ययन, भुमी आयोगमा जिल्ला स्तरको दलित प्रतिनिधिको प्रतिनिधित्व र भुमी […]
नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा १७ माघ । अनेरास्ववियु बाजुराले स्थानिय तहको निर्बाचन समयमै गर्न सरकारलाइ आग्रह गरेको छ । अनेरास्ववीयु बाजुराले साेमबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै गर्न आग्रह गरेकाे हो । नेकपा एमाले निकट अनेरास्वबियु बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय […]
नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ । गए राती बिद्युतको तार सट भएर ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो । स्थानीयका अनुसार आगलागी आइतबार राती […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ । सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा […]
नागरिक रैबार/बाजुरा १४ माघ।जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याव र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको छ । जिल्ला अस्पताल बाजुराले बाजुरामै कोरोना परिक्षण गर्ने पिसिआर ल्याव र कोरोनासंगै अन्य विरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको हो । जिल्ला अस्पताल बाजुराले स्थापना गरेकोे पिसिआर ल्याव र अक्सिजन पलान्टको एक औपचारिक कार्यक्रमका विच […]