होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको हिमालीकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता
समाचार

बाजुराको हिमालीकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता

  • नागरिक रैबार
बाजुराको हिमालीकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता

नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन ।

माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात रहेको महिलाका श्रीमान महेन्द्र रावतले बताएका छन् ।
हिमाली गाउँपालिका वडा ६ धुलाचौरस्थित धिम गाउँका उनीहरु रोजगारीको शिलसीलामा २ महिना अघि मात्र भारत पुगेका थिए । श्रीमान महेन्द्र रावत उल्बेको एक विल्डिङ्गमा काम गर्थै भने बेपता उनकी श्रीमती घरमा सरसफाईको काम गर्थिन । २ दिन अघिबाट सम्पर्क बिहीन रहेकी श्रीमतीको खोजी कार्य जारी रहेपनि अहिलेसम्म नभेटाएको श्रीमान रावतले बताएका छन् ।

रावतले भने, “सामान्य बिवादपछि थाहै नदिएर निस्किएकी उनी अहिलेसम्म सम्पर्कमा आएकी छैनन् । आफन्तदेखि सबै ठाउँमा खोजतलास गरिसके अहिलेसम्म कुनै जानकारी छैन् उनले रुदै भने ।”

विज्ञापन

आफुले पनि सबै ठाउँमा अझै खोजी कार्य जारी राखेको र खोजी कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन उनले सबैसंग आग्रह गरेका छन । यदि कुनै ठाउमा उनलाई फेला पारे ९८८७०२४८९, ७८०७३०३१३५ र ८२९१३४९७२६ मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् । बेपत्ता भएकी महिलाको माईती घर बाजुरा कोटिला हो भने उनका बुवाको नाम हंश बहादुर शाही र आमा नाम सीता शाही हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै