होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँपालिकाले बाँड्याे विपन्न परिवारलाई फलामे चुलो 
समाचार

हिमाली गाउँपालिकाले बाँड्याे विपन्न परिवारलाई फलामे चुलो 

  • नागरिक रैबार
हिमाली गाउँपालिकाले बाँड्याे विपन्न परिवारलाई फलामे चुलो 

नागरिक रैबार/बाजुरा २२ माघ। जिल्लाको हिमाली गाउँपालिकाले वडा नम्बर ३ र ४ का विपन्न परिवारलाई फलामे चुल्हाे वितरण गरेकाे छ । गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुलो वितरण गरेको छ | गाउँपालिका वडा नं ३ र ४ मा  बसोबास गर्ने दलित र जनजाति र बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुलो वितरण गरिएको कुरा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।
हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरुका प्राय सबै घरपरिवारले खाना पकाउने मुख्य इन्धनको रुपमा दाउराको प्रयोग गर्ने गरेको र सबै जसो घरका चुलो हरु परम्परागत धुवाँवाला रहेको र यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर पारिरहेकोले पनि धुवाँ रहित फलामे चुलो वितरण गरिएको कुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
अधिकृत भण्डारीका अनुसार कम दाउराको प्रयोग गरि छिटो छरितो र धुवाँमुक्त घरको बाताबरण मै खाना पकाउन सकिने र चिसो स्थानमा समेत घर तताउन पनि उत्तम हुन्छ र बिशेषगरि दम ,मुटुको रोग, छाती सम्बन्धि समस्या,स्वासप्रश्वास सम्बधि स्वास्थ्य समस्या धुवाँ कै कारणबाट हुने हुँदा त्यस्तो समस्याबाट समेत जोगिन यो चुलाको प्रयोग उपयुक्त हुने गरेकाे बताए ।
हिमाली गाउँपालिकाको पहलमा अन्य धेरै दलित बस्तीमा यस अघिका बर्षमा नै सुधारिएका चुलोहरु वितरण गरिएको र बाँकि रहेका बस्तीहरुमा आगामी दिनहरुमा वितरण गर्ने योजना रहेको गाउँपालिकाले बताएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै