होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २८ भदाै। बुढीगंगा नगरपालिकाले खुला मेयर कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि भन्दै बुढीगगाले कार्तिक १९ गतेदेिख अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना लागेको हो । सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि […]
बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल सकिएपछि डिपाेमा ताला लगाएर चामल विक्रि वितरण बन्द गरेकाे छ । बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएपछि चामल विक्रि वितरण बन्द गरेकाे हाे । डिपाेमा रहेकाे माैज्दात चामल बिक्री दर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताएका […]
नागरिक रैबार/बाजुरा २४ भदाै। बाजुराको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग बल्देमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ । हिजोदेखिको निरन्तरको वर्षातका कारण बल्देदवारी क्षेत्रमा पहिरो खसेपछि साँफे–मार्तडी सडक अवरुद्ध बनेको हो । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । वर्षा रोकिएपछि सो क्षेत्रमा खसेको पहिरो हटाएर सडक […]
नागरिक रैबार/ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका मन्दिरमा फेरि दलित भक्तजन माथि विभेद गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको जनाइएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित बडिमालिका ९ कि एक युवतीले गुनासो गरेकि छन् । बडीमालिका धार्मीक यात्राको […]
धनबहादुर बोहरा कोल्टी २० भदौ । जिल्लाको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ । दुर्गमका गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुल लगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको हो । भौगोलिक विकटताका कारण […]
नागरिक रैबार/बाजुरा २० भदौ। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिएसंगै बजारमा एकपछि अर्को गर्दै विभिन्न भाकामा तीज गीतहरु बजारमा आउने क्रम जारी छ । यस वर्षपनि तीज पर्वलाई लक्षित गर्दै हजारौं गीतहरु सार्वजनिक भईसकेका छन् । यसै विच बहुचर्चित बालगायक सुप्रिम मल्लको स्वरमा नयाँ ॅतीज आउँछ परेली भिजाउँछ’ बोलको गीत सार्वजनिक गरेका […]
राजेन्द्र विक बाजुरा,२०भदौ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिर्ख रावतले एक जना स्थानियलाइ निर्घात कुटपिट गरेका छन । सोही वडाका स्थानिय नरबहादुर बुढालाई वडा अध्यक्ष रावतले मंगलबार दिउसो मदिरा सेवन गरी निर्घात कुटपिट गरेका हुन । वडा अध्यक्ष बिर्ख रावत सहित उनका कार्यक्रता हरुको समूहले मदिरा सेवन गरी मंगलबार […]
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै […]
२० भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुरा जिल्लाका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले यो वर्षको निजामती सेवा दिवस नमनाउने भएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आज सयुक्त विज्ञप्ति जारी गर्दै भदौ २२ गते हुने निजामती सेवा दिवस नमनाउने भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २२ गते निजामती सेवा दिवस मनाउन यहाँका स्थानीय तहलाई यस […]
नागरिक रैबार/बाजुरा १९ भदौ।नेकपा एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन आगामी मंसिर महिना भित्र गर्ने निर्णय गरेको छ । हिजो सदरमुकाम मार्तडीमा बसेको एमालेको जिल्ला कमिटीको बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको पार्टी सचिव भरत थापाले बताएका छन् । यस बसेको अघिको बैठकले चैत्र महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय […]
राजेन्द्र विक बाजुरा,१७ भदौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय समिती बैठकको निर्णय बमोजिम देशभर शुरु भएको जनता संग माओवादी विशेष रुपान्तरण अभियान आज बाजुराका ५ ओटा कमान्ड बाट एकसाथ शुरु भएको छ। घरघरमा माओवादी जनजनमा माओवादी भन्ने मुल नारा सहित ३ महिना सम्म संचालन हुने अभियान बाजुरालाइ ५ कमान्डमा बिभाजन गरेर आज दिउँसो […]
नागरिक रैबार/बाजुरा १७ भदाै। बाजुराकाको सदरमुकाम मार्तडीमा बडीमालिका शैक्षिक केन्द्र संचालनमा ल्याइएको छ । बाजुराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्याउने उद्देश्यले शैक्षिक केन्द्र संचालनमा आएको हो । बडीमालिका ९ को वडा कार्यालय नजिक कार्यालय संचालन हुने गरी शैक्षिक केन्द्र संचालनमा ल्याइएको संचालक दिपक रोकायाले बताएका छन् । शैक्षिक केन्द्रले सम्पूणर् तहका ट्युसन कक्षाहरु, शिक्षक सेवा […]
नागरिक रैबार। चट्याङ लागेर बाजुरामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६ कोर्दका तुले रावलकी ११ वर्षिया छोरी प्रतिक्षा रावल रहेकी छन् । शनिबार राति स्थानीय लेकथला खर्कमा राति परेको चट्याङबाट ११ वर्षीया बालिका सगै चट्याङबाट दुई भैंसी र एक गोरुसमेत मरेका छन्।
नागरिक रैबार/बाजुरा ३२ साउन।नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले बडीमालिका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । नगर कमिटीले विभिन्न ८ बुँदे माग सहित नगरपालिकाको ध्यानाकर्षण गारएको हो । बुधबार माओवादी केन्द्र बडीमालिका नगर कमिटी र विद्यार्थी संगठनले नगरपालिकाको सयुक्त ध्यानाकर्षण गराएका हुन् ।बडीमालिका नगरपालिका जनताको जनजिविकाका सवालमा बेखबर बनेको भन्दैै नेकपा माओवादी केन्द्र बडीमालिका नगर कमिटीले […]
नागरिक रैबार/बाजुरा ३१ साउन।बडीमालिका नगरपालिका वडा नम्वर ८ ले २०७९/८० मा वडामा संचालन गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले वर्षभरी सम्पादन गरेका गतिविधी, योजना निर्माण र लगानीको अवस्था बारे वार्षिक समिक्षा गरेको हो ।बुधबार वडास्तरका जनप्रतिनिधी स्थानीय, सरोकारवाला निकाय र राजनितिक दल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । […]
नागरिक रैबार/बाजुरा ३१ साउन। बाजुराको बडीमालिका नगरपालिकाले गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगतिको समिक्षा गरेको छ । नगरपालिकाका विषयगत शाखा र पालिकाका ९ वटै वडाहरुले २०७९/८० मा सम्पन्न गरेका कामहरुको वार्षिक प्रगति बारे समिक्षा गरेको हो । बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा गरिएको २०७९/८० को वार्षिक प्रगति समिक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत […]
नागरिक रैबार/बाजुरा ३१ साउन।बाजुराको बुढीगंगा नगरपालिका गाउँटोलहरुमा आँखा पाक्ने रोगको संक्रमण देखा पर्न थालेको छ । केहि दिन यता समुदाय स्तरमा रहेका मानिसहरुमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि बुढीगंगा नगरपालिका वडा नम्वर ६ ले वडा भित्रका गाउँगाउँमा गएर उक्त रोगको उपचार गर्न थालेको हो । वडामा रहेका मानिसहरुमा आँखा रातो हुने, आँखाबाट बारम्बार आँसु […]
नागरिक रैबार/बाजुरा ३० साउन। ३ दिन देखिको लगातरको बर्षाका कारण कर्णाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीको बहाव बढेसंगै बाजुराको कर्णाली पारी रहेको एकमात्रै गाउँपालिका स्वामीकार्तिक खापर जोड्ने पिलुचौरमा रहेको मुख्य झोलुङगे पुल जोखिम्मा परेको छ । नदिमा पानीको बहाव बढेपछि जिर्ण अवस्थमा रहेको उक्त पुल जोखिम्मा परेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ३ स्थित चोयाकोट माद्यमिक विद्यालयले “नमस्कार” अभियान थालनी गरेको छ । चोयाकोट माविको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्याथी, परिवर्तनसिल आमा समुह तथा वडाका सरोकारवाला निकायसंगको सहकार्यमा विद्यालयमा “नमस्कार” अभियान थालनी गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् । साउन २९ गतेबाट विद्यालयमा […]