होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा खुला मेयरकप भलिबल प्रतियोगिता गरिदै
समाचार

बुढीगंगामा खुला मेयरकप भलिबल प्रतियोगिता गरिदै

  • नागरिक रैबार
बुढीगंगामा खुला मेयरकप भलिबल प्रतियोगिता गरिदै

नागरिक रैबार/बाजुरा २८ भदाै। बुढीगंगा नगरपालिकाले खुला मेयर कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । खेल क्षेत्रको विकासका लागि भन्दै बुढीग‌गाले कार्तिक १९ गतेदेिख अन्तर पालिका स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना लागेको हो ।

सर्वाधिक धनराशी पुरस्कार रहेको मेयर कप आयोजना गर्न लागिएको नगर प्रमुख रामबहादुर बानीयाँले बताएका छन् । पालिका बाहिरका टिम पनि भाग लिन पाउने गरि मेयर कप आयोजना गर्न लागिएको हो । दशै तिहारको बीचमा घर फर्किएका युवाहरु बीचको आपसी भेटघाट र खेलाडीबीचको सहकार्यका लागि मेयर आयोजना गर्न लागिएको पालिकाले बताएको छ ।

पालिकाले मेयरकपका लागि प्रथम पुरस्कार रु १,५७,७७७ घोषणा गरेको छ । द्धितीय हुनेलाई १,०७,७७७। र तृतीय पुरस्कार ५७,७७७ घोषणा गरिएको शंकर शाहीले जानकारी दिएका छन् । भलिबलमा यतिठूलो राशीको खेल पहिलो पटक आयोजना गर्न लागिएको हो ।

विज्ञापन

बुढीगंगा नगरपालिका भलिबल खेलाडी उत्पादन गर्ने उर्वर पालिका हो । बाजुराबाट राष्ट्रिय र क्षेत्रीय खेलाडीको सूची हेर्दा अधिकांश बुढीगंगाबाटै समावेश हुने गरेको इतिहास छ । सोही अवसरमा कात्र्तिक ११ देखि १७ गतेसम्म पाँचौ छेडेदह कपको पनि तयारी थालिएको छ ।

छेडेदह कप हरेक वर्षको विजयदशमीको तेस्रो दिनबाट आयोजना हुदै आएको छ । छेडेदह कप सकिए लगत्तै मेयरकप आयोजना हुने भएपछि फुटबल र भलिबल दुबै खेलका दर्शक तथा पारखीहरुले खेलको आनन्द लिन पाउने छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार