होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णाली नदिमा पानीको बहाव बढ्यो, पिलुचौरको झोलुङगे पुल जोखिम्मा
समाचार

कर्णाली नदिमा पानीको बहाव बढ्यो, पिलुचौरको झोलुङगे पुल जोखिम्मा

  • नागरिक रैबार
कर्णाली नदिमा पानीको बहाव बढ्यो, पिलुचौरको झोलुङगे पुल जोखिम्मा

नागरिक रैबार/बाजुरा ३० साउन। ३ दिन देखिको लगातरको बर्षाका कारण कर्णाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीको बहाव बढेसंगै बाजुराको कर्णाली पारी रहेको एकमात्रै गाउँपालिका स्वामीकार्तिक खापर जोड्ने पिलुचौरमा रहेको मुख्य झोलुङगे पुल जोखिम्मा परेको छ ।

नदिमा पानीको बहाव बढेपछि जिर्ण अवस्थमा रहेको उक्त पुल जोखिम्मा परेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् ।

May be an image of 2 people

विज्ञापन

नदिमा पानीको बहाव बढेसगै कर्णाली नदि आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु त्रसित बनेका छन् । जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपािलका जोड्ने पीलुचोरको झोलुंगे पुल जोखिम्मा परेपछि आवतजावतमा समस्या भएको छ ।

स्वामीकार्तिक जोड्ने मुख्य पिलुचौरमा रहेको झोलुङगे पुल पुरानो र जिर्ण भएकोले उच्च जोखिममा परेको छ । पानीको बहाव बढेपछि कर्णाली पारिको एकमात्र पालिका स्वामीकार्तिकको आवागमनमा कठीनाई भएको अध्यक्ष रोकायाले बताएका छन् ।

May be an image of 1 person

। पानीको बहाव बढेपछि कर्णाली नदिमा रहेका अन्य झोलुंगे पुल समेत जोखिममा रहेका छन् भने नदि नजिकैका बस्ति समेत जोखिममा रहेको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ । गत वर्ष कर्णाली नदिमा पानीको बहाव बढेर आएपछि स्वामीकार्तिक खापर गाउँपालिका जोड्ने बेर्माको पुल बगाएको थियो । भने स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका सयौ घरहरु जोखिम्मा परेका थिए ।

No photo description available.

पिलुचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । दैनिक सयौं मानिस यही पुल भएर आवज जावत गर्छन भने स्वामीकार्तिक खापर गाउँपालिकाका लागि दैनिक उपभोग्य सामान बोकेर खच्चरहरुले यही पुलबाट वारपार गर्ने गरेका छन् ।

No photo description available.

नदिमा पानीको बहाव बढेपछि कर्णाली नदिमा रहेका आधा पुल निकै जोखिममा परेका छन् । वाई-वाधु, गोत्री-साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका छन् । एकातिर बर्षौ पुराना पुलहरु जिर्ण छन्, अर्कोतिर कर्णाली नदिमा पानीको सतह पुलको नजिक आएपछि निकै जोखिम रहेको स्वार्मीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष रोकायाको भनाई छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार