होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन मंसिरमा गर्ने
समाचार

एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन मंसिरमा गर्ने

  • नागरिक रैबार
एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन मंसिरमा गर्ने

नागरिक रैबार/बाजुरा १९ भदौ।नेकपा एमाले बाजुराले पार्टीको आठौं जिल्ला अधिवेशन आगामी मंसिर महिना भित्र गर्ने निर्णय गरेको छ ।
हिजो सदरमुकाम मार्तडीमा बसेको एमालेको जिल्ला कमिटीको बैठकले पार्टीको जिल्ला अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।

यस बसेको अघिको बैठकले चैत्र महिना भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको भएपनि हिजो बसेको बैठकले भने मंसिर महिनाभित्रै अधिवेशन गरिसक्ने निर्णय गरेको पार्टी सचिव थापाको भनाई छ ।

पार्टीको प्रदेश कमिटीको अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशनको तयारीमा जुट्ने निर्णय एमाले बाजुराले जनाएको  छ । मंसिरमा जिल्ला अधिवेशन सकाएर पुस र माघमा पालिका अधिवेशन र फागुनमा वडा अधिवेशन र चैत्रमा टोल अधिवेशन गर्ने निणर्य गरेको पार्टी प्रचारप्रसार विभाग प्रमुख काँशी विकले बताएका छन् ।

विज्ञापन

पार्टी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षता र केन्द्रीय कमिटी सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज भैरवबहादुर सिंहको प्रमुख आतिथ्यतामा बसेको बैठकले भदौ २० गतेबाट पालिका प्रशिक्षण तथा संगठन सुदृढीकरण अभियान थाल्ने निणर्य गरेको छ । नौ वटै पालिकामा पुगेर छलफल तथा भेला गर्ने, पालिका कमिटी, वडा कमिटी र टोल कमिटीका अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिने गरि अभियान सुरु गरेको प्रचार विभाग प्रमुख विकले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार