होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वामीकार्तिकमा स्थानीयका समस्या बुझ्न घरदैलो अभियान गरिदै
समाचार

स्वामीकार्तिकमा स्थानीयका समस्या बुझ्न घरदैलो अभियान गरिदै

  • नागरिक रैबार
स्वामीकार्तिकमा स्थानीयका समस्या बुझ्न घरदैलो अभियान गरिदै

धनबहादुर बोहरा कोल्टी २० भदौ । जिल्लाको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ ।

दुर्गमका गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुल लगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको हो ।

भौगोलिक विकटताका कारण बर्खाको समय गाउँपालिकामा गएर आफ्ना समस्या राख्न नसकेकाले यस कामबाट राहत महसुस गरेका छन् । शारीरिक रूपमा असक्त तथा अपाङ्गता भएका असहाय लगायतका ज्येष्ठ नागरिकले पाउने समाजिक सुरक्षा भत्ता घरमै पाउनुपर्ने माग स्थानीयले गरेका छन ।

विज्ञापन

उनीहरूले स्वास्थ्य उपचारका लागि समेत प्राथमिक स्वास्थ्य शिविर प्रत्येक महिना घरदैलोमा नै सञ्चालन गर्नुपर्ने स्थानीयले माग समेत गरेका छन् ।स्वामिकार्तिक गाउँपालिका अधिकांश गाउँ, बस्ती पालिकाबाट निकै टाढा भएकोले स्थानीयले बर्खाको समय गाउँपालिकामा आएर सहज रूपमा आफ्ना समस्या राख्न नसक्ने भएकाले घरदैलो अभियान सुरु गरेको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकायाका बताउनु भएको छ ।

स्वामिकार्तिक गाउँपालिका ४ वाईबाट सुरु गरेको अभियान बिस्तारै सबै वडामा सञ्चालन गरिने स्थानीयको समस्या सम्बोधन हुने गरी स्वास्थ्य संस्था र बैँक सँग समन्वय तथा सहकार्य गर्दै घरदैलो मै स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अभियान समेत संचालन गर्ने अध्यक्ष रोकायाले बताएका छन  ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार