होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगा-६ ले आँखा पाक्ने रोगको उपचार गाउँमै गएर गर्दै
समाचार

बुढीगंगा-६ ले आँखा पाक्ने रोगको उपचार गाउँमै गएर गर्दै

  • नागरिक रैबार
बुढीगंगा-६ ले आँखा पाक्ने रोगको उपचार गाउँमै गएर गर्दै

नागरिक रैबार/बाजुरा ३१ साउन।बाजुराको बुढीगंगा नगरपालिका गाउँटोलहरुमा आँखा पाक्ने रोगको संक्रमण देखा पर्न थालेको छ ।
केहि दिन यता समुदाय स्तरमा रहेका मानिसहरुमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि बुढीगंगा नगरपालिका वडा नम्वर ६ ले वडा भित्रका गाउँगाउँमा गएर उक्त रोगको उपचार गर्न थालेको हो ।

वडामा रहेका मानिसहरुमा आँखा रातो हुने, आँखाबाट बारम्बार आँसु आउने, घाममा हेर्न अप्ठ्यारो हुने, आँखामा कचेरा आउने र आँखाको डिलहरू सुन्निने जस्ता विभिन्न लक्ष्यणहरु देखा पर्न थालेपछि गाउँ-तथा टोलहरुमा स्वास्थ्यकर्मीको टोली लिएर आँखा पाक्ने रोगको उपचार गर्न थालेको वडा अध्यक्ष हेमराज जैशीले बताएका छन् ।

No description available.

विज्ञापन

वडामा आँखा पाक्ने रोगलाई नियन्त्रण गर्नका लागि स्वास्थ्य शाखा बुढीगंगा, आँखा उपचार केन्द्र टाँटेको प्राविधिक सहयोग र वडा नम्वर ६ को बाम्का आधारभुत केन्द्रका अहेव अनिल मिजारसहितको स्वास्थ्यकर्मीको टोलीले गाउँ तथा बस्तीमै पुगेर आँखा पाक्ने रोगको उपचार गरिरहेको छ ।

आज वडा नम्वर ६ को बोराबाडा, तल्लो सायल र फालासैन बजारका घरघरमा पुगेर ५० जना बालवालिका, बृद्धवृद्धा लगायत आँखा सम्वन्धिका बिरामीको उपचार गरेको वडा अध्यक्ष जैशीको भनाई छ । वडा अध्यक्ष जैशीका अनुसार आँखाका रोगको उपचारका लागि भोलि सायल आधारभुत बिद्यालय र सत्यवादी आधारभुत विद्यालयका बिद्यार्थीलाई आँखा सम्वन्धि रोगको उपचार गर्ने योजना रहेको छ ।

वडामा आँखा पाक्ने सम्वन्धिका विरामीहरुलाई निःशुल्क औषधि र उपचार समेत गरिने र सो रोगको औषधी ब्यवस्थापनका लागि आफ्नो सुविधा रकमबाट औषधि खरिद गरि बितरण गर्ने वडा अध्यक्ष जैशीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार