होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीकाे खाद्यान्न डिपाेमा चामल सकियाे
समाचार

मार्तडीकाे खाद्यान्न डिपाेमा चामल सकियाे

  • नागरिक रैबार
मार्तडीकाे खाद्यान्न डिपाेमा चामल सकियाे

बाजुरामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल सकिएपछि डिपाेमा ताला लगाएर चामल विक्रि वितरण बन्द गरेकाे छ ।

बाजुरा सदरमुकाममा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा मौज्दात रहेको चामल सकिएपछि चामल विक्रि वितरण बन्द गरेकाे हाे । डिपाेमा रहेकाे माैज्दात चामल बिक्री दर दैनिकरुपमा बढ्दै गएपछि कम्पनीमा चामल सकिएको कम्पनीका प्रमुख मेघराज ओझाले बताएका छन्। कम्पनीमा रहेको चामल बिक्री भइसकेको छ। भने १ सय क्विन्टल चामल कैदिबन्दीका लागि माैज्दात राखिएकाे छ । खाद्यमा चामल हिजाेबाट सकिएको र आज डिपाे नै बन्द गरेकाे प्रमुख ओझाले बताएका छन् ।

सर्वसाधारणलाई बिक्री गर्न मौज्दात चामल डिपाेमा नभएको कम्पनीले बताएकाे छ। बाजरामा गत वर्षकाे ठेक्का अनुसारकाे चामल सकिएकाे र नयाँ चामल ढुवानीका लागि ठेक्का नहुँदा दशैमा खाद्यान्न संकट हुने संकेत देखिएकाे छ । संस्थानले मोटो चामल प्रतिकिलो ५४ रुपैयाँमा बिक्री गर्दै आइरहेको थियो। त्यस्तै पूर्वी उत्तरी भेगमा ४ वटा स्थानीय तहका लागि कोल्टीकाे डिपाेमा ४ सय क्विन्टल चामल मौज्दात रहेकाेमा त्याे पनि भदाै महिनाभित्रै सकिने कम्पनीले जनाएको छ। खाद्य संस्थानमा चामल सकिएपछि स्थानीयवासी बजारमा रहेकाे मंहगो मुल्यकाे चामलका लागि धाइरहेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार