होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पुजा गर्न गएका दलित युवतिको जब पुजारीले फालिदिए पुजा थाली
समाचार

पुजा गर्न गएका दलित युवतिको जब पुजारीले फालिदिए पुजा थाली

  • नागरिक रैबार
पुजा गर्न गएका दलित युवतिको जब पुजारीले फालिदिए पुजा थाली

नागरिक रैबार/ बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका मन्दिरमा फेरि दलित भक्तजन माथि विभेद गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पुजामा सहभागि हुन गएका दलित समुदायका युवती माथि विभेद गरिएको जनाइएको छ। पुजारीले हातमा लिएको थाली समेत बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित बडिमालिका ९ कि एक युवतीले गुनासो गरेकि छन् ।
बडीमालिका धार्मीक यात्राको प्रवेश द्वारमा स्थापना गरिएको मन्दिरमा हरेक चाड पर्वको अवसर पारी मेला लाग्ने गरेको छ । पुजाका लागि मन्दिर पुगेका युवतीहरुलाई बडीमालिका नगरपालिका ८ का दलबहादुर रावलले तिमीहरुको हक छैन्, भन्दै टिका लगाउन अस्वीकार गरेका हुन् ।
पुजारीले बडीमालिका नगरपालिका ९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, बर्षा विक, सावित्रा विक, विपना विक सहीतको टोली माथि विभेद गरेको उनिहरुले बताएका छ्न्।
सँगै रहेका अरुलाई केही नभनी टिका लगाएको र आफूहरुलाई चामलका दानाले हिर्काउँदै तिमीहरु किन आएको, यो तिमीहरुको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रुपमा अपमान र विभेद गरेको पीडित संगीता विकले बताएकी छन् ।
लाइनमा गैर दलित र दलित दुबै समुदायका व्यक्तिहरु थिए । नचिनेका सबैलाई केही नभनि टिका लगाइ दियो, जब हाम्रो टोली मन्दिरको गेट पुग्यो पुजारिले हातमा रहेको पुजा थाली समेत बाहिर फालिदिएको संगीताले बताइन् । 
पुजाका लागि बिहान साढे ९ बजेतिर लाइन बसेका युवतीहरु लाई तल्लो जातको मान्छेहरु पनि आउन हुन्छ भन्दै बाहिर जान भनेपछि मुल मन्दिरको टिका ग्रहण नै नगरि घर फर्किनु परेको दुखेसो उनीहरुले गरेका छन् । 

लाइनको सुरुमा म र शान्ति विक दिदी थियौं, जब हामी मन्दिरको मुल ढोकामा पुग्यौं । हातमा थाली थियो, त्यो बुझाउँन लाग्यौं त्यही बेला मन्दिरमा रहेका पुजारीले थाली नै बाहिर फालिदिए, तिमीहरुको मनपरि गर्ने ठाउँ हो, भन्दै चामल फालि बाहिर जान दबाब दिए, तल्लो जातको, मन्दिरमा कुनै हक अधिकार नै नभएको मान्छे किन आएको भन्दै रिसाएको र टिका लगाउन अस्वीकार गरेको सँगै गएकी विपना विकले बताएकी छन् ।
११ वर्ष पहिला पनि संगीता विक सहीत ४ जना माथि आक्रमण गरिएको थियो । दशैंको मेलामा मन्दिर भित्र प्रवेश गरेको भन्दै पुजारी पट्टीकै स्थानीयले कुटपीट गरेपछि धनगढी गएर उपचार गराउनु परेको संगीता विकले बताइन् । त्यो बेला कै जस्तो कुटपीट हुने हो, भन्ने डरले केही प्रतिवाद नगरेको संगीताको भनाई छ ।
यता प्रहरी नायव उपरिक्षक कविन्द्र बोहराले यो घटनाका पिडित हरुले निवेदन दिइसकेकाले निवेदनका आधारका पुजारीलाई बोलाइ सकिएको र घटना वास्तविक भए कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् । बाजुरामा एक पछि अर्को जातीय विभेदका घटनाहरु भइरहेका छन् ।
यो बिषयमा पुजारीसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेको छैन् । लेकमा गइसकेकोले फोन नलागेकको बुझीएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार