होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुप्रिमको स्वरमा तीज गीत सार्वजनिक (भिडियोसहित)
समाचार

सुप्रिमको स्वरमा तीज गीत सार्वजनिक (भिडियोसहित)

  • नागरिक रैबार
सुप्रिमको स्वरमा तीज गीत सार्वजनिक (भिडियोसहित)

नागरिक रैबार/बाजुरा २० भदौ। नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिएसंगै बजारमा एकपछि अर्को गर्दै विभिन्न भाकामा तीज गीतहरु बजारमा आउने क्रम जारी छ ।

यस वर्षपनि तीज पर्वलाई लक्षित गर्दै हजारौं गीतहरु सार्वजनिक भईसकेका छन् । यसै विच बहुचर्चित बालगायक सुप्रिम मल्लको स्वरमा नयाँ ॅतीज आउँछ परेली भिजाउँछ’ बोलको गीत सार्वजनिक गरेका छन ।

गीतको भिडियो सुप्रीम मल्ल युटुब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको हो । यो समाचार तयारपार्दा सम्म ३७ हजार बढीपटक युट्युवमा हेरिएको छ ।

विज्ञापन

सामाजिक कथा बस्तुसंगै दिदी र भाई विचको सम्वन्धलाई चित्रण गरेर समेटिएको तीज गीत हिजो मात्रै बजारमा आएको हो । उसो त सुप्रिमको स्वरमा सयौं चर्चित गीतहरु यस अघि नै बजारमा आएर चर्चामा छन् ।

बाजुरा जस्तो दुर्गम जिल्लामा जन्मेका सुप्रिम अहिले काठमाण्डौंमा पढाईसंगै गायन क्षेत्रमा सक्रिय रहदै आएका छन् ।सुप्रीम मल्ल, मन्जु भट्टराई र धुर्ब राज धितालको स्वरमा सार्वजनिक भएको उक्त गीतको शव्द भने सुप्रिमका बुबा कृष्ण मल्ल ठकुरीले लेखेका हुन् । गीतमा सुप्रीम र मन्जु स्वयम् आफैले अभिनय गरेको देख्न सकिन्छ ।

विनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको उक्त गीतलाई खडक बाजुरालीले मिक्सिङ गरेका छन् । मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीतको छायांकन दुर्गा पौडेल र निर्देशन नारायण उपाध्यायले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार