होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति […]
अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।प्रहरी नायब उपरीक्षक तिलक भारतीले […]
सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिँडेको बा३ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सोमबार दिउँसो साँढे २ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको […]
नागरिक रैबार/बाजुरा १४ साउन।जिल्लाको बढीगंगा नगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ । दुई दिन अगाडि बार्षिक निति तथा प्रस्तुतिकरण गरेको बुढीगंगाले आज छैटौं नगरसभा मार्फत आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउन लागेको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । देशभरका पालिकाहरुले आर्थिक वर्ष २०७९/०८० का […]
नागरिक रैबार/बाजुरा १४ साउन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्मर ९ रहेको समाज सुधार युवा क्लवले आजबाट सरसफाई सप्ताह सूरु गरेको छ । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न समाज सुधार युवा क्लवले मार्तडीमा आजबाट सरसफाई सप्ताह सूरु गरेको हो । बडीमालिका यात्रा वर्ष २०७९ लाई सफल पार्न मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी […]
नागरिक रैबार/बाजुरा १४ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगरभित्रका बेरोजगार युवाहरुलाई रोजगारी दिनका लागि नगर प्रमुख स्वरोजगार कार्यक्रम सञ्चाालन गर्न लागिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन्। उनले बिहीबार नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। युवाहरुको रोजगारीका लागि […]
नागरिक रैबार/बाजुरा १३ साउन।बुढीनन्दा नगरपालिका २ स्थित कोल्टीमा रहेको जनप्रकाश माविको भारतीय राजदुतावासको अलपत्र भवनको पुन:निर्माण कार्य सूचारु हुने भएको छ । ७ वर्ष अगाडी भारतीय दूतावासको४ करोड ४४लाख ७२ हजार ४सय ४४ रुपैयाको सहयोगमा जनप्रकाश माविको १५ कोठे भवन निर्माणका लागि बजेट विनियोजन भएको थियो । भारतीय दुतावासले ७ बर्ष अगाडी इबिडीङ्ग सिस्टमबाट उक्त […]
नागरिक रैबार/बाजुरा १३ साउन।नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिले एकहप्ता देखि अवरुद्ध भएको साँफे-मार्तडी सडक सूचारु गर्न बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई आग्रह गरेको छ । शुक्रबार नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको नेतृत्वले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीलाई साँफे मार्तडी सडक अन्तरगतको बल्दे-दवारी सडकलाई खुलाउन ध्यानाकर्षण […]
नागरिक रैबार/बाजुरा १३ साउन।सुदूरपश्चिकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकामा लाग्ने पुजालाई व्यवस्थित बनाउन बडीमालिका नगरपालिकाले सरोकारवालासंग छलफल गरेको छ । शुक्रबार बडीमालिका नगरपालिकाले एक कार्यक्रमको आयोजना गरेर बडीमालिका मन्दिरमा यस वर्ष लाग्ने पुजालाई व्यवस्थित बनाउन छलफल गरेको हो ।बडिमालिकामा हरेक बर्ष साउन पूर्णिमाको अघिल्लो दिन पुजा लाग्ने गर्दछ । बडीमालिकाले यस वर्ष बडीमालिका यात्रा […]
धनगढीः प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले वन रक्षकको शारीरिक परीक्षामा बदमासी गरेको आरोप लागेको छ। वन रक्षकको शारीरिक परीक्षा अन्तरगत आवश्यक तौल नै नपुगेका परीक्षार्थीलाई आयोगले उत्तीर्ण गराएको आरोप लागेको हो। असार १९ गते गौरीगंगा नगरपालिकास्थित वनबेहडामा लिइएको प्रयोगात्मक परीक्षा (शारीरिक परीक्षा) मा वजन नपुगेका परीक्षार्थीलाई उत्तीर्ण गराइएको स्रोतले जानकारी दियो। लोकसेवाले वन रक्षकको तन्दुरुस्ती […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दुई तीन दिनमा चुनाव घोषणा हुने बताएका छन् । अध्यक्ष प्रचण्डले केही विधेयकहरु पारित भएलगत्तै चुनावको मिति घोषणा हुने बताए । बिहीबार खुमलटारमा आयोजित प्रेस सेन्टरका केन्द्रीय सदस्यको अनौपचारिक छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ । प्रधानमन्त्रीजीले नागरिकता विधेयक अघि घोषणा […]
धनगढीः अत्तरियामा चक्काजाम गरिएको छ। ट्राफिक प्रहरीले पार्किङ निषेध क्षेत्रमा रोकिएको बसलाई जरिमाना कटाएको भन्दै विवाद भएपछि सवारी चालकहरुले चक्काजाम गरेका हुन्। काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिमाना तिराएपछि बस चालक र प्रहरीबीच विवाद भएको थियो। त्यसपछि प्रहरीले सवारी चालक श्यामराज जोशीलाई पक्राउ गरेको छ। उनलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले […]
हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेस प्रदेश, […]
नागरिक रैबार/बाजुरा ११ साउन।बाजुरा जिल्ला अदालतका माननीय न्यायधिश माधव प्रसाद घिमिरेको बाजुराबाट सरुवा भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २२४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेसंगै बाजुराका माननीय न्यायधिश घिमिरेको पनि सरुवा भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले तीन वर्षभन्दा बढी समयदेखि विभिन्न जिल्लामा रहेका न्यायाधीशहरुको एकैपटक सरुवा […]
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको बताए। कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एसईई परीक्षा दिएका थिए। गत वैशाख ९ गतेदेखि २० गतेसम्म […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको छ । यसका लागि दिउँसो ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता […]
नागरिक रैबार/बाजुरा ११ साउन। जिल्लाको बुढीगंगा नगरपालिकाले आँखा उपचार केन्द्रको स्थापना गरेको छ ।नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पतालको ब्यबस्थापनमा बुढीगंगाले टाँटे स्वास्थ्य चौकीमा आजबाट संचालन हुने गरी आँखा उपचार केन्द्रको स्थापना गरेको हो । बुढीगंगाका साथै खप्तड क्षेडेदह, त्रिवेणी नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्ने उद्देश्यले बुढीगंगाको टाँटे स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्रको स्थापना […]
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए। दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ। परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो भने ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी […]
नागरिक रैबार/बाजुरा १० साउन।एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ । असार १० गतेबाट संचालन भएको १ महिने आधारभुत तालिम आज सम्पन्न भएको हो ।बडीमालिका नगरपालिकाको समन्वय र युएनडिपि प्रयास नेपालद्धारा संचालन भईरहेको जिविकोपाजर्नका लागि अस्थायी आधारभुत आय सहायता (प्रयास) परियोजनाको सहयोगमा उक्त तालिम संचालन गरिएको थियो । असार १० गतेबाट बडीमालिका नगरपालिका […]
नागरिक रैबार/बाजुरा १० साउन । बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाले नगर बिकासमा शिक्षा क्षेत्र पहिलो प्राथामिकतामा राखेर काम गर्ने बताएका छन् । मंगलबार भानोदय नमुना माबिले आयोजना गरेको नवनिर्बाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत कार्यक्रममा सो कुरा बताएका हुन् । संसारमा सबै भन्दा पहिलो कुरा शिक्षित मानव नै भएकोले भोलिका कणर्दार बालबालिकालाई सबल नागरिक बनाउन […]